Sunday, March 24, 2013

यौनांग ढाक्दा किशोरी गर्भवती..

यौनांग ढाक्दा किशोरी गर्भवती.. अविवाहित किशोरीहरुमा गर्भवती बन्ने दर बढिरहनुको कारण के होला रु किशोर किशोरीमा बढिरहेको छाडापन र असुरक्षित यौन सम्पर्क । हो समाज खुल्ला बन्दै जाँदा यस्ता घटनाहरु बढिरहेका छन् । आधुनिकताका कारण अविवाहित किशोरीहरु कुमारी आमा बन्ने क्रम बढिरहेको धेरैको भनाइ छ । तर बेलायतका केही प्रकृतिवादीहरुले भने नांगिन नपाएका कारण अविवाहित किशोरीहरुमा गर्भवती बन्ने दर बढेको दाबी गरेका छन् । मानिसको निर्वस्त्रताको वकालत गर्ने ब्रिटिस नेचुरिस्ट सोसाइटीले यस्तो दाबी गरेको हो । नग्नतालाई समाजले अस्विकार गर्ने र मानिस नांगिन लाज मान्ने कारणले गर्दा अविवाहित किशोरीहरुमा गर्भवती बन्ने दर बढिरहेको दाबी यी प्रकृतिवादीहरुको रहेको छ ।img1130131016_3_1 बढि रुढीग्रस्त समाजमा कुमारी आमा बन्ने घटना धेरै भएको दृष्टान्त दिँदै उनीहरुले समाज जति उदार बन्यो यस्ता घटना कम हुने जिकिर उनीहरुले गरेका छन् । सरीरका संवेदनशील अंगहरु लुकाउने चलनका कारण किशोर किशोरीहरुमा स्वभावतः त्यसप्रति बढि अभिरुची हुने र सानै उमेरमा असुरक्षित यौन सम्पर्कका लागि उद्यत हुने भएकाले विवाह नगर्दै किशोरीहरु गर्भवती हुने गरेका नग्नताका पक्षपोषकहरुको दाबी छ । यदि मानिसले आफ्ना कुनैपनि अंग कपडाले नछोपेमा यौनप्रतिको यस्तो उत्पात भोक मानिसलाई नलाग्ने, यौनक्रिया सामान्य बन्ने र किशोर किशोरीहरु पनि खुल्ला रुपमा सुरक्षित सेक्सका लागि उत्साहित बन्ने जिकिर उनीहरुले गरेका छन् । एजेन्सी

No comments:

Post a Comment