Tuesday, March 26, 2013

युवकले काटे आफ्नो र बाउको लिंग

 युवकले काटे आफ्नो र बाउको लिंग

आखिर अन्धविश्वासमा जकडिएपछि मान्छेले के सम्म गर्दोरहेछ । मलेसियामा एक जना युवकले यस्तै अन्धविस्वासका कारण आफ्नो र आफ्नै बाउको लिंग काटेका छन् ।
इन्टरनेटमा विभिन्न खालका अन्धविश्वास तथा गलत कुराहरु खोजी खोजी पढ्ने बानी भएका ती युवकले तिनै गलत कुराहरुलाई आत्मसात गरे र लिंग काटेमा भाग्य चम्किन्छ भन्ने सम्झे । उनले त्यसपछि आफ्नो र आफ्ना पिताको समेत लिंग काट्ने काम गरे । आफुले गरेको त्यो दुष्कर्म उनका लागि ठूलै पुरुषार्थ भएछ । उनले त्यो कुरा घरबाट टाढा रहेका आफ्ना भाइ बहिनीलाई एस एम एस गरेर जानकारी पनि गराए । उनले आफुले निकै ठूलो र राम्रो काम गरेको भन्दै आफुलाई बधाइ दिन भाइबहिनीहरुसँग आग्रह पनि गरे ।

विचरा ती अभागी बाबु, उनलाई आफ्नै छोराले आफ्नो लिंग काटिदेला भन्ने के अनुमान थियो होला र – तर आफ्नै छोरो उसको प्राणदाता लिंगको नै दुस्मन बनेपछि कसको के लाछ – इन्टरनेटमा पढेका धार्मिक अन्धविश्वासी कुरालाई व्यवहारमा उतार्ने मूर्ख छोराको बाउ भएकोमा उनले आफ्नो लिंग नै गुमाएर ठूलो मूल्य चुकाउनुपरयेा । त्यो मूर्खछोराले बाउको लिंग काटेपछि आफ्नो पनि च्वाट्टै पार्न बाँकी राखेन । लिंग छिनालिएका ती बाउछोराको उपचार अहिले कुआला टेरेंगगेनूस्थित नूर जहिरा अस्पतालमा उपचार भैरहेको छ । डाक्टरहरुती बाउ बाउछोराको छिनेको लिंग जोड्न त सफल भएका छन् तर बाउ चाहीँको अवस्था भने गम्भीर रहेको बताइएको छ । ६७ वर्षा ती बाउ लाई आइसियुमै राखेर उपचार भैरहेको छ ।
स्मरण रहोस् धार्मिक अन्धविश्वासमा परेर लिंग काटेको घटना यसअघि पनि हुने गरेका छन् । गएको साल
चीनमा एक जना पुरुषले आफ्नै लिंग काटेर आत्महत्याको प्रयास गरेको थियो । त्यस्तै अमेरिकाको

सनफ्रान्सिस्कोमा पनि एक २० वर्षो युवाले आफ्नो लिंग चक्कुले काटेर छिनालेको घटना र्सार्वजनिक भएको थियो ।

No comments:

Post a Comment