Tuesday, March 26, 2013

चुम्बन प्रतियोगितामा तरुनी तन्नेरीको मस्ती (फोटोफिचर सहित)

चुम्बन प्रतियोगितामा तरुनी तन्नेरीको मस्ती (फोटोफिचर सहित)

माया व्यक्त गर्ने सबैभन्दा राम्रो तथा सभ्य माध्यम हो चुम्बन । वैशालु जोडीहरु प्रेम तथा यौनको आवेगमा आएर एक अर्कामा गहिरो तथा लामो चुम्बनमा लिप्त भएको देख्न पाइन्छ र्सार्वजनिक स्थलमै पनि । आफ्नो मनको मान्छेसँग चुम्बन गर्नुको मज्जा सायद त्यहीँ मान्छेलाई मात्र थाहा हुन्छ जसले यसको अनुभव लिन पाएको हुन्छ ।

   
लुकीलुकी चुम्बन गर्नुपर्ने बाध्यता झेलिरहेकाहरुका लागि यदि खुलमखुल्ला चुम्बन गर्नका लागि कुनै प्रतियोगिता नै भैदियो भने कति मज्जा होला ? त्यस्तो भयो भने प्रेमी प्रेमिकाहरु धित मरुञ्जेल चुम्बन गर्दै को भन्दा को कम ? भन्दै चुम्बनको लडाइँमा उत्रिँदा हुन् । हाम्रो देशका लागि यस्तो प्रतियोगिता केवल कल्पनाको विषय मात्र हो । तर हाम्रै छिमेकी देश चीनमा भने वर्षोनी युवायुवतीहरुबीच चुम्बन प्रतियोगिता हुन्छ । जसमा वैँशले लिप्त तरुनी तन्नेरीहरु विभिन्न आसनमा चुम्बनमा लिप्त हुन्छन् ।

यो पटकको चुम्बन प्रतियोगितामा २ घण्टा ४२ मिनेट सम्म लगातार चुम्बन गर्दै सबैभन्दा लामो समयसम्म चुम्बन गरेर एक जोडीले प्रतियोगिता जित्यो । विजेता बनेसँगै उक्त प्रेमजोडीले १ क्यारेटको हिरा पुरस्कार पायो, जसको मूल्य ५० हजार युआन पर्छ ।



प्रतियोगितामा कैयौँ तन्नेरी केटाकेटीहरु आ आफ्नो मनको मान्छेको आलिंगनमा बेरिएर ओँठ जोडाइरहेका थिए । कोही प्रेमीको काँधमा चढिरहेका थिए, कोही कम्मरमा खुट्टा अड्काएर चुम्बनमा मग्न थिए भने कोही उठेको उठै कडा किस दिइरहेका थिए । यो चुम्बन प्रतियोगिता हर्ेन आफ्ना बच्चाबच्ची साथमा लिएर समेत धेरै महिला पुरुष प्रतियोगितास्थल आएका थिए ।

चुम्बन प्रतियोगिताको फाइदा धेरै युवायुवतीले उठाए । कति जोसमा होस गुमाउने केही युवायुवतीको लागि भने यो प्रतियोगिता खासै सुखद रहेन । केही युवायुवती चुम्बनकै दौरान बेहोस पनि बनेका थिए र केहीलाई तत्काल अस्पताल पूराइएको थियो ।

No comments:

Post a Comment