Tuesday, March 26, 2013

मनोज गजुरेलको हास्यालय

मनोज गजुरेलको हास्यालय बिरालोले बाटो काट्यो भने, ‘स्पिड कन्ट्रोल’ गर्नुपर्छ ‘कम्पाउण्ड’ मा काग करायो भने, चारो हाल्दिनुपर्छ घरमा कुकुर रोयोे भने, ‘भेटनरी’ लानुपर्छ बारीमा स्याल करायो भने, ढोका बलियो थुन्नुपर्छ। दायाँ आँखा फर्फरायो भने, ‘आँखा अस्पताल’ जानुपर्छ बायाँ आँखा फर्फरायो भने, झन् छिटो जानुपर्छ बाडुल्की लाग्यो भने, तातो पानी तन्काउनुपर्छ घाँटी खसखसायो भने, ‘कफ सिरप’ दन्काउनुपर्छ। चुलोमा आगो भर्भरायो भने, ग्यास सकिन सक्छ डाडु पन्यू चाट्यो भने, माँझ्न सजिलो हुन्छ साँझ घर बढार्‍यो भने, बिहानलाई सजिलो हुन्छ बच्चाले कुच्चो लगायो भने, मम्मीलाई ‘हेल्प’ हुन्छ। नङ फुल्यो भने, पालिस किन्नुपर्छ कपाल फुल्यो भने, ‘हाइलाइट’ गर्नुपर्छ लोग्ने मान्छे रोयो भने, मन हल्का हुन्छ स्वास्नीमान्छे हाँस्यो भने, झन् हल्का हुन्छ। हात चिलायो भने, साबुन पानीले धोइहाल्नुपर्छ रित्तो गाग्रो देखियो भने, खानेपानीमा फोन गरिदिनुपर्छ यात्रामा ‘दर्जी दाइ’ देखिए भने, अस्तिको पैसा दिएर जानुपर्छ बाटामा ‘विश्वकर्मा भाइ’ भेटिए भने, साथै लिएर हिँड्नुपर्छ दलितहरू मन्दिर पस्ो भने, पुजारीको आम्दानी बढ्छ ‘पुजारी’हरू दलितकहाँ बसे भने, चिया खर्च घट्छ बाहुनले बंगुर खायो भने, बंगुरजस्तै मोटाउँछ अन्धविश्वासको पछि लाग्यो भने, लंगुरजस्तै दुब्लाउँछ। गजुरियल आत्म निर्भरता ? हाम्रो देश धेरै कुरामा आत्म निर्भर हुन्थ्यो। शिक्षा, स्वास्थ्य, संस्कृति, परम्परा, पहिचानको क्षेत्रमा त झन् विशाल सम्भावना थियो। तर, त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने महान् प्रतिभाहरूले राजनीतितिर खुट्टा घुमाइदिनाले हामी डाक्टर-वैद्यमा पनि विदेशी मुख ताक्न बाध्य भयौं। हो, मोहन वैद्य राजनीतितिर लागेर देशले होनहार प्रतिभा गुमायो। यदि उनि आफ्नै पेसामा सक्रिय हुन्थे भने हामीले बाबा रामदेवको आयुवेर् दिक औषधि कुर्नु पर्दैनथ्यो। डाक्टरसिं गुरुङ बाइमिस्टेक चलचित्र लाइनतिर लागे। यदि उनले नामअनुसार अस्पताल खोल्थे भने सम्भवतः सफल हुन्थे, हामीले उपाचारका लागि विदेश धाउनु पर्दैनथ्यो। डाक्टर र वैद्यलाई हामीले गलत पेसामा पो पठायौं कि ? स्व.सांसद प्रेमिसिंह धामीको कुरा गर्नोस् वा चर्चित नेतृ रामकुमारी झाँक्रीलाई सम्झनुहोस्- उहाँहरूको नाम नै काफी छ। माननीय धामी त बितिसक्नुभयो, झाँक्रीजी पनि उति सक्रिय हुनुहुन्न। राष्ट्रले यी प्रतिभालाई सही ठाउँमा उपयोग गर्न नसक्दा ‘विदेशी ठग’हरूले झारफुक गरेका भरमा नेपालीलाई उल्लु बनाई रहेकाछन्। अर्का दुई प्रतिभा हुन्, मनोज पण्डित र शिशिर योगी। पण्डितले चलचित्र निर्देशकको साटो पण्डित्याइँ गरिदिएका भए पशुपतिनाथमा भारतीय पण्डाहरूको हाली मुहाली हुँदैनथ्यो होला। योगीले गायकको साटो योगा सिकाएका भए हामीले राष्ट्रियता बोकेको योगगुरु पाउने थियौं। पण्डितको ‘बधशाला’ प्रतिबन्धित भएको छ, योगी ‘यो देशमा यौटा मान्छे खोजिरहेछन्’ तर अहिलेसम्म भेटेका छैनन्। कतै हामीले यी दुई प्रतिभालाई सही ठाउँमा सदुपयोग पो गर्न सकेनौं कि? नेपालमा साहित्यको विकास नहुनुको कारण अशिक्षा होइन, लेखक र पाठकको राजनीति गमन हो। लेखेर देश सेवा गर्नुपर्ने रमेश लेखकहरू राजनीतिमा बरालिएका छन्। पढ्नु पर्ने सुदीप पाठकहरू म्ाानव अधिकारको माखेसाङ्लोमा अल्भिmएका छन्। यस्तो भएपछि साहित्यको विकास कसरी हुन्छ, भन्नोस् त ? विदेशी दूतावासका एकजना सामान्य अधिकारी नेपालको राजनीतिमा हस्तक्षेप गर्छन्। नगरून् पनि किन, सुरेश अधिकारी संगीततिर लागेका छन्। कला सुब्बा उद्घोषणतिर तानिएकी छिन्। राम्रो प्रशासक हुनुपर्ने सुब्बा र अधिकारीहरू कलार संगीततर्फ लागेपछि विदेशी अधिकारीको सक्रियता त बढ्ने नै भयो क्यारे ! मधेस आन्दोलनमा यादवहरूको ठूलो योगदान थियो। तर, अहिले सुन्ािन्छ, कोही यादव पौडेल बने, कोही यादव भट्टराई बने। यादव थपलिया, यादव खनाल, यादव कार्की, यादव राईजस्ता नाम देख्दा उपेन्द्र यादव स्वयम् दंग पर्दा हुन्- अब मधेस पहाड दुवैतिर फोरमको लोकपि्रयता बढ्ने भो भनेर। झन् गौतम गच्छेदार, गौतम साह नाम देख्दा विजय गच्छेदार कति दंग पर्दा हुन्- गौतम पनि गच्छेदारपनि भन्दै π होली रे …..πππ प्रश्न पत्र -हाँसो मान्छेको जन्मसिद्ध स्वभाव हो। तर तनाव, अशान्ति एवं असफलताका कारणले समयक्रमसँगै हाम्रो हाँसो कमजोर बन्छ र कालान्तरमा जीवन दुखद् बन्न पुग्छ। मानिसको गुमेको त्यो अपार खजाना फेरि भेट्टाउन सकिन्छ। ‘जोकशास्त्र’ त्यो खजाना खोज्ने शास्त्र हो। तपाईंको जीवन कति हाँसोमय छ भन्ने थाहा पाउन हामीले एउटा प्रश्नपत्र तयार गरेका छौं। हृदयको अन्तर कुनाबाटै उत्तर दिनुहोस् र थाहा पाउनुहोस्- तपाईंमा हास्यभाव कति छ भन्ने कुरा। ) कुनै एकमा चिह्न लगाउनोस्। १. तपाईंको कार्यालयमा आएका सेवाग्राहीले ‘काम ढिलो भयो’ भन्दै झगडा गर्न थाले भने कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? -क) झनक्क झन्किनुहुन्छ -ख) थपक्क थन्किनुहुन्छ -ग) झटपट काम थाल्नुहुन्छ -घ) चटपट खान जानुहुन्छ। २. ढिलो घर र्फकने बानीबाट दिक्क भएकी श्रीमतीसँग कस्तो व्यवहार गर्नुहुन्छ ? -क) ठुस्स पर्नुहुन्छ -ख) मुसुक्क गर्नुहुन्छ -ग) खुसुक्क म्बाई खानुहुन्छ -घ) लुसुक्क कोठातिर जानुहुन्छ। ३.ठूल्ठूलो आवाजमा गीत बजाउँदा आफूलाई ‘डिस्टर्ब’ भएको जानकारी छिमेकीलाई कसरी दिनुहुन्छ ? -क) झ्यालमा ढुङ्गा हानेर -ख) आफ्नो ढोका थुनेर -ग) गीतमा नाँचिदिएर -घ) लाइन काटिदिएर। ४. तपाईं कक्षामा पढाइ रहनुभएको छ। अकस्मात एउटा विद्यार्थी खित्का छोडेर हाँस्यो भने के गर्नुहुन्छ ? -क) कक्षाबाट निष्कासन गर्नुहुन्छ -ख) कक्षामै मुर्गा बनाउनु हुन्छ -ग) हाँस्नुको कारण खोज्नु हुन्छ -घ) आफुपनि हाँस्नु हुन्छ। ५. मान्नोस्, तपाईंको मोबाइलमा घण्टी बज्यो। फोन गर्नेले उल्टै सोध्यो- ‘कसलाई खोज्नु भएको ?’ यस्तो बेलामा तपाईंको जवाफ के हुन्छ ? -क) तपाईंले चाहिँं कसलाई खोजेको -ख) बिहान औषधि खानु भएन कि क्या हो -ग) लाइनको झगडा भएजस्तो छ -घ) केही नबोली राख्नुहुन्छ। ६. तपाईंका छोरा वा छोरी असामान्य रूपमा ढिलो घर आउन थाले। उसलाई समयमै आउन कस्तो तरिका अपनाउनुहुन्छ ? -क) टाइममा आउने आदेश दिनुहुन्छ -ख) ढिलो आउनुको कारण सोध्नुहुन्छ -ग) केही नबोली बस्नुहुन्छ -घ) एक्लै भुतभुताउन थाल्नुहुन्छ। ७. कुनै नेताको भाषण सुनेर तपाईंलाई अचाक्ली रिस उठ्यो। उठेको रिसलाई बसाउन कस्तो उपाय अपनाउनुहुन्छ ? -क) ढुंगामुढा गर्नुहुन्छ -ख) अण्डा र गोलभेंडा बर्साउनुहुन्छ -ग) घरतिर लाग्नुहुन्छ -घ) साथीहरूसँग गफ गर्न थाल्नुहुन्छ। ८. प्ाढिरहेको बेला झ्याप्पै बत्ती गयो। तपाईंको पहिलो श्ाब्द के हुन्छ ? -क) उफ् -ख) धत् -ग) छ्या -घ) लुखास्त। ९. तपाईं बैठकमा हुनुहुन्छ। त्यसैबेला कसैको फोन आयो। क्यार्नुहुन्छ ? -क) फोन काट्नु हुन्छ -ख) नउठाइ बस्नुहुन्छ -ग) पछि गर्छु भन्नुहुन्छ -घ) फोन बोकेर बाहिर जानुहुन्छ। १०. भीडभाडमा हुनुहुन्छ। कसैसँग मज्जाले ठोक्किनुभयो। अब भन्नोस्, तपाईं के गर्नुहुन्छ ? -ख) आँखा छैन कि क्या हो भन्नुहुन्छ -ख) माफ गर्नोस् है भनेर बाटो लाग्नुहुन्छ -ग) आफ्नो शरीर सुम्सुम्याउँदै बाटो लाग्नुहुन्छ -घ) घुरेर हेर्नुहुन्छ। -तपाईं कति प्रतिशत रमाइलो हुनुहुन्छ भन्ने थाहा पाउन जवाफसहित तलको ठेगानामा सम्पर्क गर्नोस्- thedamadol@gmail.com फेक्ल्युसिभ न्यूज ‘बालवाला’को विरोध भएपछि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले ‘बाल’ काटे। कमरेड मोहन वैद्यले खिलराजको सरकारलाई दुई महिनाभित्रमा ‘ढाल् दिने’। नेपालका लागि नयाँ चिनियाँ राजदूतका रूपमा ‘उ’ को नियुक्त। मित्रराष्ट्र चीनका नयाँ प्रधानमन्त्री ‘सी’ पुरुष भएको पुष्टि। प्रचण्डद्वारा संन्यासको घोषणा, स्वामी ढुलमुलानन्द सीतापति नाम धारण। प्रधानमन्त्री कार्यालय सर्वोच्चमा सारियो, सिंहदरबार सर्वोच्चमा लाने तयारी।

No comments:

Post a Comment