Tuesday, March 26, 2013

विचित्रको स्कुल जहाँ सेक्स खुल्ला

विचित्रको स्कुल जहाँ सेक्स खुल्ला
स्कुल पनि कस्ता कस्ता ? अस्टि्रयाको राजधानी भियनामा एउटा यस्तो विचित्रको स्कुल छ जहाँ सेक्स खुल्ला छ । यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ ।

यद्यपि यो स्कुलमा पढ्नको लागि गोजी भने गरम नै हुनु आवश्यक रहेछ । अर्थात् गाँठवालाले मात्र यो स्कुलमा पढ्न सक्छन् । यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो ।

यो स्कुलमा १६ वर्षकटेका किशोर किशोरी तथा युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौ एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो ।

अस्टि्रयन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उद्धेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।

No comments:

Post a Comment