Wednesday, March 27, 2013

ख्यालख्यालमै साथीको हत्या(भिडियो)

ख्यालख्यालमै साथीको हत्या(भिडियो) परीक्षाको र्फम भर्नेसम्बन्धी विवादमा एकजनाले साथीकै हत्या गरेका छन् । रेस्टुरेन्टमा चिया खाएर बस्दा भएको विवादमा भित्तामा टाउको ठोक्किँदा ११ कक्षामा पढ्ने रितेश पराजुलीको मृत्यु भएको हो । हत्यामा संलग्न अंकित ढकाल पक्राउ परेका छन् । पुतलीसडकको न्यु हेभन रेस्टुरेन्टमा घटना भएको हो । प्रहरीका अनुसार रितेश र अंकित दुवै मिल्ने साथी थिए । दुवैजना ११ कक्षामा अध्ययनरत विद्यार्थी हुन् । रितेश कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजमा पढ्दै आएका थिए भने अंकित डिल्लीबजारस्थित टाइम्स कलेजका विद्यार्थी हुन् आइतबार दिउँसो साढे ११ बजे रितेश अंकितको धोबीधारास्थित घरमा पुगेका थिए । घरबाट दुवैजना चिया/चुरोट खान भन्दै रेस्टुरेन्टमा पुगेकामा जिस्कँदा भएको झगडामा रितेशले ज्यान गुमाएका हुन् । प्रहरीका अनुसार रितेशले ११ कक्षाको र्फम भर्न नपाइने भो भन्दै गुनासो गरेका थिए । तर, अंकितले भने र्फम भर्न मिल्ने भन्दै उनको कुरा काटेका थिए । त्यहीबीचमा दुवैबीच हानाहान भएको थियो । त्यही क्रममा भित्तामा टाउको ठोक्किएर रितेशको मृत्यु भएको प्रहरीले जनाएको छ । भित्तामा टाउको ठोक्किएर रितेश ढलेपछि अंकितले पानी छर्किएर ब्युँझाउने प्रयास गरे पनि सफल भएनन् । आत्तिएर उनले साथीलाई बोलाएका थिए । पछि प्रहरी पुगेपछि २/३ जना साथी आएर दुवैजनालाई कुटेको भन्दै आफ्नो घाउसमेत देखाएका थिए । तर, तीन साथीलाई पक्राउ गरेर सोधपुछ गर्दा आपसी विवादमा मृत्यु भएको खुलेको हो । उपचारका क्रममा दिउँसो ४ बजे पराजुलीको मोडल अस्पतालमा मृत्यु भएको थियो । प्रहरीका अनुसार दुवैजना १२ वर्षको उमेरदेखि नै साथी थिए । पहिला छिमेकी भएकाले उनीहरूबीच चिनजान भई घनिष्ठता भएको थियो

No comments:

Post a Comment