Tuesday, March 26, 2013

विद्या बालनको अनौठो फेसन

विद्या बालनको अनौठो फेसन
 मुम्बई, चैत्र १३, बलिउड अभिनेत्री विद्या बालनले बताए अनुसार उनको आउन लागेको फिल्म `घनचक्कर` मा उनको अनौठो फेशन देखेर फिल्मका डिजाइनर दुविधामा परेका छन् । विद्या फिल्ममा एक घरेलू पञ्जाबी महिलाको भूमिकामा रहेकी छन् । उनका डिजाइनरलाइ उनको भूमिकाका लागी निकै मेहनत गर्नु परिरहेको छ । विद्याले बताए अनुसार उनले फिल्ममा एक हट्ठीकट्ठी पन्जाबी महिला नीतू भाटियाको भूमिका गरिरहेकी छन् । यो हाम्रो आसपासमा हुने गरेको भूमिका पनि हो । उनले भनिन यी यस्तो सोच भएकी महिलाको भूमिका हो, जसले एक दिन हिड्दा पनि यो सोच्दछिन कि यदि तपाइँले नियमित रूपले व्यायाम गरेको भए देखि एउटा समोसा खाँदा पनि धेरै नोक्सान हुन्नथ्यो होला । डिजाइनर सुबर्ण राय चौधरीले उनका लागी सहि कपडा छान्नमा निकै अफ्ठ्यारो भएको बताएका थिए । राजकुमार गुप्ता निर्देशित `घनचक्कर` मा इमरान हाशमी, विद्या बालनका सहकलाकार हुन् । यो फिल्म आगामी २१ जूनबाट प्रदर्शनमा आउन लागेको छ । (एजेन्सी)

No comments:

Post a Comment