Sunday, March 24, 2013

सबैभन्दा बढी कमाउने विश्वका ५ पोर्नस्टार (फोटो फिचर सहित)

सबैभन्दा बढी कमाउने विश्वका ५ पोर्नस्टार (फोटो फिचर सहित) विश्वभरी नै पोर्न फिल्मको कारोबार तिब्र रुपमा बढिरहेको छ । वर्षेनी झण्डै १५ सय अरब डलर बराबरको कारोबार गर्ने पोर्न फिल्म इन्डस्ट्रीको हैसियत अहिले मूलधारको फिल्म इन्डस्ट्रीलाई चक्मा दिने खालको छ । यो फिल्म उद्योगमा यतिविधि कारोबार भएजस्तै यसमा खेल्ने नायक नायिकाहरुले पनि मनग्गे पैसा कमाउने गरेका छन् । केही पोर्नस्टारहरु त चर्चित धनाढ्यमै गनिन्छन् । यहाँ हामीले विश्वमा सबैभन्दा बढि कमाइ गर्ने ५ जना पोर्नस्टारको विवरण प्रस्तुत गरेका छौँ । १. जेना जेम्सन – जेना विश्वमा सबैभन्दा बढि रकम कमाउने पोर्नस्टारको पहिलो नम्बरमा पर्छिन् । पोर्नकी महारानी भनेर चिनिने जेनाको वाषिर्क कमाइ झण्डै ३० अर्ब रुपैयाँ छ । उनले झण्डै १ सय ६० वटा पोर्न फिल्ममा अभिनय गरेकी छिन् । २. टेरा प्याटि्रक : टेरा विश्वमा सबैभन्दा बढि कमाइ गर्ने दोश्रो पोर्नस्टार हुन् । १ सय भन्दा बढि पोर्न फिल्ममा काम गरिसकेकी टेराको वाषिर्क कमाइ १५ अर्ब रुपैयाँ भन्दा बढि छ । उनले पोर्न फिल्म बनाउने प्रोडक्सन हाउस समेत खोलेकी छिन् । ३. पिटर नर्थ- ७० भन्दा बढि पोर्न फिल्ममा निर्देशन समेत गरिसकेका पिटर विश्वका तेश्रो धनी पोर्नस्टार हुन् । उनको कमाइ वर्षको झण्डै १० अर्ब रुपैयाँ छ । उनले १८ सय भन्दा बढि पोर्न फिल्ममा काम गरिसकेका छन् । ४. जेसी जेनी- जेसी विश्वमा सबैभन्दा बढि कमाइ गर्ने पोर्नस्टार मध्ये चौथो स्थानमा पर्छिन् । उनले वर्षेनी झण्डै ८ अर्ब रुपैयाँ कमाउँछिन् । जेनीले ७५ वटा पोर्न फिल्ममा अभिनय गर्नुका साथै मूलधारका केही फिल्ममा समेत अभिनय गरेकी छिन् । ५. ट्रेसी लर्डस- लर्डस विश्वमा सबैभन्दा बढि कमाइ गर्ने पाँचौँ पोर्नस्टार हुन् । उनले झण्डै १ सय वटा पोर्न फिल्ममा अभिनय गरेकी छिन् भने वर्षेनी ७ अर्ब रुपैयाँभन्दा बढि कमाउँछिन् ।

No comments:

Post a Comment