Monday, March 25, 2013

अपडेटः मलेसियाको झडपमा नेपालीको मृत्यु भएको छैनः दूताबास ( ८ जना पक्राउ

अपडेटः मलेसियाको झडपमा नेपालीको मृत्यु भएको छैनः दूताबास (
८ जना पक्राउ

रामचन्द्र नेपाल/भीम तामाङ

१२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय मलेसियनविच झडप हुँदा २ जना गम्भिर घाइते भएका छन । घटनामा ६ नेपाली कामदारको मृत्यु भएको हल्ला भएपनि त्यसको पुष्टी नभएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

‘दूतावासका कर्मचारी अस्पताल पुगेर घाइतेहरुलाई भेट्नुभयो’ मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराइले अनलाइनखबरसँग भन्नुभयो-’तर अस्पतालमा नेपालीहरुको शव पनि भेटिएन, प्रहरीले पनि नेपालीको मृत्यु भएको पुष्टी गरेन ।’



नेपाली कामदार बसेको होस्टेल

क्वालालम्पुरस्थित नेपाली दूताबासले अपराहृन विज्ञप्ति जारी गरि घटनामा नेपाली नागरिकको मृत्यु भएको पुष्टी नभएको बताएको छ । साथै संसमतापूर्वक काम गर्न र उत्तेजित बनाउने कुनै गतिविधी नगर्न दूताबासमा मलेशियामा रहेका नेपालीहरुलाई अपिल गरेको छ । विज्ञप्तिमा भनिएको छ-मलेशियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले संयमतापूर्वक आआफ्नो कार्य यथावत् रुपमा गर्नुहुन र वातावरणलाई उत्तेजित गराउने खालका कुनै पनि क्रियाकलापमा संलग्न नहुन र आफूलाई कुनै असामान्जस्य अवस्था आएपरे दूताबासमा तत्काल सम्पर्क गर्न हुन अनुरोध गर्दछौं ।’

घाइते दुई जनामात्र भेटिए

जोहोरको सुल्तान अस्पतालमा महमतपुर रौतहटका रामलाल साहु र सामरी-४ नुवाकोटका राजु वम्रेल -विश्वकर्मा) को उपचार भइहेको छ । साहुको दुई खुटटा र दुई हात भाँचिएको छ र उनी वोल्न नसक्ने अवस्थामा छन् भने राजुको टाउको भन्दा तल आँखामाथि गहिरो चोट लागेको छ । यी दुई जनाबाहेक कोहि पनि हिजोको घटनामा परी अस्पताल नआएको अस्पतालले जानकारी दिएको छ ।

दूतावासका दृतिय सचिव चक्र सुवेदीले अस्पताल भर्ना भएका दुई घाइतेसँग कुराकानी गरी घटनाबारे जानकारी लिनुभएको छ । उनीहरुले दिएको जानकारीअनुसार नेपाली नेपालीवीच भएको बिबादमा एउटा पक्षले स्थानीय युवाहरु ल्याएपछि झडप भएको थियो ।

घटनाबारे जानकारी लिन सुबेदीसहितको टोली घटनास्थल पासिरगुडाङको प्रहरी चौकी र झडप भएको होष्टलमा समेत पुगेको थियो । सुबेदीले घाइते र मृतक नेपालीबारे प्रहरीसँग सोध्दा कुनै पनि नेपालीको मृत्यु नभएको जानकारी दिएको छ ।


होस्टेल भएको क्षेत्र

टोलीसँगै घटनास्थल पुगेका हाम्रा सहकर्मी भीम तामाङका अनुसार अहिले त्यहाँको अबस्था शान्त छअनुसार अधिकाश श्रमिकहरु मौन रहेका छन । उनीहरु खुलेर वोल्न समेत सक्दैनन । होस्टलका अधिकाशं ढोकाहरु तोडफोड गरिएको, कोठामा रहेको टीभी फुटाइएको पाइएको छ भने मोवाइल, फोन, ल्यापटप लगायतका सामाग्रीहरु चोरी भएको श्रमिकहरुले वताएका छन् ।

होस्टलमा पाँच वटा कम्पनीका नेपाली श्रमिकहरु वस्ने भएपनि तीन वटा कम्पनीका श्रमिकहरुलाई राति नै अन्यत्र सारिएको छ । एउटा कम्पनीका एजेण्ट नेपाल गएको कारण केही श्रमिकहरुलाई भोलिसम्ममा सार्न सक्ने बताइएको छ । राति नै ज्यान जोगाउन भागेका नेपाली श्रमिकहरु सम्पकृमा आइसकेका छैनन् । थानिय प्रहरीले साझँ पाँच वजेसम्मको लागि कसैलाई पनि यताउता नगर्न अनुरोध गरेको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जना नेपाली र दुई जना म्यानमारका गरी ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई श्रीआलमो आईपीडी अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका नेपालीहरुमा अमन गुप्ता, पवन साह, मनोज सुनार, निलकण्ठ जैसी, दलवहादुर वयम्वु, प्रकाश राई, सन्तोष पौडेल र रमेशवहादुर भुजेल रहेका छन् ।


घटनास्थलतर्फ जाँदै गरेको प्रहरीको गाडी
श्रमिकको भनाई
आइतवार दिउँसो करीव साढे २ वजेतिर कम्पनीवाट काम सकेर होस्टल तर्फ आईरहेको वखत स्थानिय व्यक्तिसंग सामान्य भनाभन भएपछि साझँपखवाट झडपको शुरुवात भएको नेपाली श्रमिकहरुले वताएका छन । को संग के बिषयमा विवाद परेको थियो भने आफुहरुले समेत थाहा नपाएको उनीहरुको भनाई छ ।साँझ स्थानिय ब्यक्तिहरु हतियारसहित होस्टलमा आएको वताईएको छ । उनीहरुले अन्धाधुन्ध कुटपिट गरेको नेपाली श्रमिकहरुले वताएका छन । ‘भर्खरै डिउटि सकेर होस्टलमा आएका थियौ हतियार लिएका स्थानियहरु होस्टलमा देखेपछि भागेर ज्यान वचायौँ’-धनुषा घर भएका तपेश्वर यादवले भने ।
ब्लक न २० मा रहेको पाचतले उक्त होस्टलमा बिभिन्नि कम्पनीका करीव तीन सय जना नेपालीहरु वस्दै आएको वताईएको छ । त्यसमध्ये दुईवटा कम्पनीका श्रमिकहरुलाई राती नै होस्टल परिवर्तन गराईसकेको एक नेपालीश्रमिकले अनलाइनखवरलाई जानकारी गराए । हिजो साझँको घटनामा रामलाल साहु र राजु वम्रेल गम्भिर घाईते प्रत्यक्ष रुपमा आफुले देखेको सागरले बताए । हिजो रातभरी त्यस क्षेत्रको अवस्था तनाव भएपनि विहानपखवाट केहि सामान्य वन्दै आएको छ ।
यसैवीच क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियाको जोहोर बारूको पासिर गुडांगमा आइतवार भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । दूताबासले उक्त घटनामा नेपाली नागरिकहरुको मृत्यु भएको भन्ने कुराको आधिकारिक निकायहरुवाट हालसम्म पुष्टि नभएको ब्यहोरा जानकारी समेत दिएको छ ।

No comments:

Post a Comment