Saturday, March 23, 2013

यौनमा लिप्त ठमेल

 यौनमा लिप्त ठमेल

राजधानीको ठमेल पर्यटकीय थलो त छँदैछ । पछिल्लो समय यसलाई अघोषित रेड लाइट एरिया नै भनेर चिनिने गरेको छ । ठमेलमा देखाउने र गर्ने अनुहार फरक फरक छन् । मसाज केन्द्रको नाममा यौन व्यवसाय र होटल सेवाको नामामा पनि व्यवसाय यौनकै व्यवसायी भइरहेको छ| भने यौन व्यवसायको मोमोलाईले सम्साझैं धेरौई आकर्षित गराएको देखिन्थ्यो । पछिल्लो समय ठमेलमा यौन व्यवसायमा संम्लग्न यौनकर्मीहरु बढेपछि यौन दरमा पनि केही खुकुलो पन देखिन्थ्यो । यौनकर्मीहरु न्युनतम ५ सय देखि १ हजारसम्मा यौन प्यास मेटाउन चाहनेहरुलाई संन्तुष्टि दिन तयार हुन्थे । ठमेल बजारभित्र यौनकर्मी र ग्राहकबीच सहज ढंगले मोलतोल भइरहेको भेटिन्छ  । रेट तय हुनेबित्तिकै यौनकर्मी ग्राहकसँग ट्याक्सीमा बसेर गन्तव्यतिर लागेका देखिन्थे ।प्रहरीको भ्यान आउँदा उनीहरू भित्रपट्टीको गल्लीहरूमा लुक्थे । गइसकेपछि फेरि सडकमा आउछ  । राति देखिएको यो दृश्य पश्चिमा मुलुकको रेड लाइट एरियालाई सम्झाउन पर्याप्त थियो ।सडकका दुवैतिर लहरै बसेका १२ देखि ३५ वर्ष समूहका करिब १५ जना यौनकर्मीहरू हिँडिरहेकालाई तान्दै आफ्नो दर भनिरहेको सुनिन्थ्यो । एउटा समूह ग्राहकसँग गएपछि भित्रतिरका गल्लीमा बाक्लै गरी बसेका यौनकर्मीहरूको अर्को समूह बाहिर आउँथ्यो । वरिपरिका स्थानीयवासीका घरका झ्याल-ढोका बन्द देखिन्थे ।
होटेल र ट्याक्सी खर्च ग्राहकले बेहोर्ने गरी उनीहरू ५ सयदेखि १ हजार ५ सय रुपैयाँमा ग्राहकसँग जान तयार भएका देखिन्थे । ‘ट्याक्सीभित्र होटेल वा हाम्रो डेरा कोठामा गए पनि हुन्छ,मुस्किलले चौध कटेकी एक यौन व्यवसायीले भनिन् ।
ठमेलको यो परम्परागत समस्याबाट स्थानीयवासी आजित भइसकेका रहेछन् ।स्थानीयवासीका अनुसार पर्यटकको हब मानिने ठमेल चाक्सीबारी मार्गबाहेकको क्षेत्रमा यो समस्याले जरो गाडेको छ । यौनजन्य गतिविधिका लागि निकै संवेदनशील मानिने ठमेलको सञ्चयकोषदेखि कान्तिपथतर्फको आधा ज्याठा एरिया दरबारमार्ग प्रहरी प्रभागको मातहतमा पर्छ तर सो प्रहरी प्रभाग कानमा तेल हालेर बसेको स्थानीयबासीको आरोप छ ।

No comments:

Post a Comment