Monday, March 18, 2013

श्रीमानकै अगाडि स्विस महिला सामूहिक बलात्कृत


श्रीमानकै अगाडि स्विस महिला सामूहिक बलात्कृत

श्रीमानसँग भारत घुम्न आएकी एक स्वीस महिला श्रीमानकै अगाडि सामूहिक बलात्कृत भएकी छन् । भारतको मध्य प्रदेशको मताई गाउँमा साइक्लिङ गरेर क्याम्प बनाएर बसेकी ३९ वर्षीया ती महिलालाई उनकी श्रीमानलार्ई नियन्त्रणमा लिएर ७ देखि ८ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित महिलाका पतिले सो समूहले आफूलाई काठको लौरोले हिर्काएर नियन्त्रणमा लिएपछि आफ्नै अगाडि श्रीमतीलाई बलात्कार गरेको प्रहरीलाई बताएका छन् । प्रहरीले बलात्कार आरोपमा ८ जनालाई पक्राउसमेत गरिसकेको छ । ती महिलाको गवालियोर अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु ओर्चादेखि आग्रासम्म साइक्लिङ गर्दै थिए । उनीहरुले एक रात सोही गाउँमा बस्नेगरी क्याम्प बनाएका थिए । बलात्कारी समूहले उनीहरुसँग भएको १० हजार भारुसहित मोबाइल फोनसमेत लुटेर लगेका छन् ।

No comments:

Post a Comment