Tuesday, March 19, 2013

पचास बर्षीय महिलालाई वैंश लागेपछि यस्तो गरिछिन

 पचास बर्षीय महिलालाई वैंश लागेपछि यस्तो गरिछिन


गाईघाट (उदयपुर) । उदयपुरको त्रियुगा नगरपालिका– १ बोक्सेकी ५० वर्षीया डम्बर हीरा मगर (राई) १८ वर्षिय यवासंग भागेकी छिन् । उनि उदयपुरको हँडिया गाविस–७ इकराका १८ वर्षीय ध्रुव बस्नेतसँग भागेकी हुन्।

दुई छोरा र दुई छोरीकी आमा हीराले आफ्ना ४८ वर्षीय श्रीमान् अम्बरबहादुर मगरलाई लात हान्दै करीब ६ लाख रुपैयाँ बराबरको सम्पत्ति समेत बेपत्ता बनाएको पीडित अम्बरले बताएका छन् । उनले ७ तोला सुन, करीब १ लाख ६९ हजार नगद र अन्य धनमाल लगेको बताइएको छ ।

हीरा भागेकको केटा उनकै जेठा छोरा वर्ष १७ को मिलन मगरको श्रीमतीका दाजु हुन्। उनि शनिबार राति घरबाट भागेकी हुन् । श्रीमती गएपनि आफ्नो सम्पत्ति फिर्ता हुनुपर्ने माग पीडित श्रीमान अम्वरले माग गरेका छन्

No comments:

Post a Comment