Friday, March 15, 2013

बलात्कारपछि बर्वाद भएको देविमायाको जीवन


बलात्कारपछि बर्वाद भएको देविमायाको जीवन


मेरो नाम देवीमाया हो र पूर्वी नेपालको एक गाउँमा बस्छु । केही वर्ष पहिले म कुवेतमा एक घरमा काम गर्थें । त्यसबेला मेरा श्रीमान साउदी अरबमा काम गर्नुहुन्थ्यो ।
कुवेतमा एक अपरिचतले मलाई बलात्कार गर्‍यो । जब मैले आफ्ना श्रीमानलाई यसबारे भनंे, उहाँले निकै सहानुभूति दिनुभयो र घटनामा मेरो कुनै गल्ती छैन भनेर चिन्ता नलिन आग्रह गर्नुभयो । साथै मलाई कुनै नराम्रो व्यवहार नगर्न नेपालमा रहेका परिवारका सदस्यहरुलाई सम्झाउने आश्वासन दिनुभयो । घटनापछि म भने निकै असहायः महसुस गरिरहेकी थिएँ र घर र्फकन चाहन्थेँ । पटक-पटक आग्रह गर्दा पनि मालिकले सुनुवाइ नै गरेन । बलात्कारीको पहिचान नभएकाले कुवेत पुलिससमक्ष उजुरी दिन पनि सकिँन । जब मेरो पेटमा तीन महिनाको बच्चा छ भन्ने थाहा पाए, त्यसपछि मालिकले नेपाल फर्कन भने । म फर्किएपछि माइतीका बाबुआमाले मलाई स्वीकार गर्ने नगर्नेबारे घरकासँग सोधे । मेरा श्रीमान पेटमा भएको बच्चासमेत स्वीकार गर्न तयार भएपछि सासू ससुराले पनि स्वीकार गर्नर्ुभयो । केही दिनपछि नै सासु ससुराको व्यवहार बदलियो र मलाई कुटपिट गर्न थाल्नुभयो । उहाँहरुले मलाई घर छाड्न भन्नुभयो तर, मैले मानिँन । त्यसपछि उहाँहरुले मलाई केही नभनी घरमा भएको सबै सरसामान लिएर अर्कै घरमा बस्न थाल्नुभयो । मलाई थाहा छ, शायद अब विदेशमा रहनुभएका मेरा श्रीमानले पनि मलाई स्वीकार गर्नुहुन्न । मेरो ८ वषर्ीय छोरालाई पनि सुसू सुराले लिएर गएका छन् । उनीहरुले मलाई म बस्दै आएको घरसमेत बेचिदिने धम्की दिइरहेका छन् । म बस्दै आएको घर झुप्रो छ र छत चुहिन्छ । घर बिक्री गर्न नदिनका लागि एक गैरसरकारी संस्थाको सहयोगमा अदालतमा मुद्दा दायर गरेकी छु । थोत्रे घर मर्मत गर्ने मसँग पैसा छैन । मलाई दुई छाक खान एक दलायु महिलाले दिएकी छन्, जो मेरो श्रीमानका टाढाको नातेदार पर्छिन् । कुवेतबाट फर्किएपछि मैले छोरीलाई जन्म दिएको छु, जो विकलांग छिन् । समाजका मानिसहरु म र मेरी छोरीलाई घृणा गर्छन् र मैले आफूसँगै एक मुसलमानलाई ल्याएको भनेर हल्ला चलाउँछन् । समाजको यो दुव्र्यवहारका कारण म आसपासमा कुनै काम पाउँदिन । काम खोज्न मलाई बिहानै थुप्रै किलोमिटर पैदल हिँडेर टाढा जानुपर्छ । जीन्दगी निकै कष्टपूर्ण रुपमा बितिरहेको छ । तर, जबसम्म काल आउँदैन, तबसम्म जीउनुपर्ने बाध्यता छ

No comments:

Post a Comment