Tuesday, March 19, 2013

युवतीकै कारण श्रेष्ठमाथि आक्रमण भएको खुलासा


 युवतीकै कारण श्रेष्ठमाथि आक्रमण भएको खुलासा

भनिन्छ, नारी जति कमजोर हुन्छ, त्यति नै डरलाग्दो पनि। रामायणमा सीताजस्ती कोमल हृदय भएकी नारी पात्र र पुराणमा कालीजस्ता डरलाग्दा नारी पात्र पनि उल्लेखित छन्। रोमकी क्लियोपाट्रालाई नै सम्झे पनि भइगयो, नभए धेरै टाढा किन जानुपर्योश, भारतमै झाँसीकी रानीको इतिहास पनि काफी नै छ। तर, यहाँ चर्चा गर्न लागेको नारी पात्र भने नेपालकी हुन्। त्यही नारी पात्रका कारण एउटा चर्चित पाँचतारे होटल बन्द गर्ने कि सञ्चालन गर्ने भन्ने अवस्थामा पुगेको छ।

सन्दर्भ हो, लाजिम्पाटस्थित र्या डिसन होटलको। सो होटलका प्रबन्ध निर्देशक बीके श्रेष्ठको गाडी शुक्रबार ललितपुरको भनीमण्डल, जावालाखेलमा भएको आक्रमणमा पर्यो । नेपाल होटल संघका प्रथम उपाध्यक्षसमेत रहेका श्रेष्ठको गाडीमा आक्रमण भयो, सिसा प्रायः सबै फुटे, तर उनी भने बालाबाल बचे। दिउँसै एक ठूला घरानिया व्यापारीमाथि व्यस्त सडकमा आक्रमण भयो, तर आक्रमणमा संलग्न भएकाहरूलाई प्रहरीले बेवास्ता गर्दै आएको छ।

जबकि आक्रमणका नाइके एमाओवादी मजदुर नेता माधव पाण्डेले टेलिफोन गरी घटनाको जिम्मेवारी लिइसकेका छन्। तर प्रहरी प्रशासन भने अझै मौन छ। श्रेष्ठ एमाओवादी कार्यकर्ताको आक्रमणको निशानामा परेका थिए। आक्रमणको नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न संघ/संस्थाले गरिराखेका छन्।

सो घटना हुनुमा एउटा महिला कर्मचारी प्रमुख कारण रहेको समाचार प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार र्याकडिसन होटलको मुख्य प्रवेशद्वारको सोधपुछमा कार्यरत रजनी लामा (नाम परिवर्तन) लाई व्यवस्थापन पक्षले हटाएपछि सो लफडा सुरु भएको हो। कुनै पनि स्पष्टीकरण नलिई तथा कुनै अभियोग नलगाई एक महिनाअघि लामालाई हटाएपछि सुरु भएको विवाद गाडी तोडफोड र ज्यान मार्ने प्रयाससम्म पुगेको थियो। र्यासडिसन होटलका कर्मचारीअनुसार आफूलाई व्यवस्थापन पक्षले बिनाकारण आफूलाई हटाएको भन्दै एमाओवादी मजदुर युनियनमा उनले उजुरी दिइन्। युनियनले पनि त्यसको बारेमा व्यवस्थापन पक्षसँग कुरा गर्योि, तर कुरा मिलेन। व्यवस्थापनले होटलको हितविपरीत कार्य गरेको भन्दै उनलाई राख्न मानेनन्। सोही विषयमा लफडा बढ्दै गएपछि पुनः व्यवस्थापनले नरेश डंगोल, राजेश लामा र सन्तोष भट्टराईलाई निष्कासन गर्योन। त्यसले गर्दा विवादले झन् उग्ररूप लियो। पीडित मजदुरले श्रम अदालतमा पुनर्बहालीको माग गर्दै मुद्दा हाले। त्यसले झन् समस्या बल्झाउने काम मात्र भयो।  

अन्ततः सोही विषयलाई लिएर नेपाल होटल संघ (हान) को केन्द्रीय कार्यालयमा दुवै पक्षबीच वार्ता भयो। वार्तामा अदालतमा उजुरी हाल्नेले मुद्दा फिर्ता लिने र व्यवस्थापनले निष्कासन गरिएकालाई बुधबार (फागुन ३० गते) सम्म पुनर्बहाली गर्ने सहमति भयो। व्यवस्थापन पक्षले निष्कासित गरेकाको पुनर्बहाली प्रक्रिया जारी राखेकै बेला एमाओवादी कार्यकर्ताले शुक्रबार श्रेष्ठमाथि एक्कासि आक्रामण गरेका थिए।

होटल व्यवस्थापन स्रोतका अनुसार युनियनले भनेअनुसारको रकम दिन नमान्दा श्रेष्ठमाथि आक्रमण गरिएको हो। केही समयअघि मोहन वैद्य पक्षलाई सभा हल उपलब्ध नगराउन प्रचण्ड पुत्री रेणु दाहालले फोन गरेर दबाब दिए पनि उनले मानेका थिएनन्। पछिल्ला समय प्रचण्ड नेतृत्वको 'क्यास' माओवादीको कुरा अटेर गर्दै र त्यसले दिने अनावश्यक दबाबका विरुद्ध लड्दै आएका श्रेष्ठले महाधिवेशनका लागि पनि भने जति चन्दा नदिएको बुझिएको छ। एकजना महिलालाई हटाएको निहँु पारेर एमाओवादीले महाधिवेशनमा मागे जति चन्दा नदिएको र टेर्न छाडेको रिस पोखेको भन्नेहरू र्याजडिसनमा धेरै छन्। नजकिँदो चुनावलाई मध्यनजर गरेर चन्दा आतंक मच्चाउन एमाओवादीले 'मनोवैज्ञानिक' दिन खोजेको स्पष्ट हुन्छ।

No comments:

Post a Comment