Sunday, March 24, 2013

ठमेलका मसाज सेन्टर धाउदै प्रियंका

 ठमेलका मसाज सेन्टर धाउदै प्रियंका


 ठमेलका मसाज सेन्टरहरुबाट बेश्यावृत्ती हुने गरेको समाचार मिडियामा धेरै पटक आइसकेको छ । त्यसैले मसाज सेन्टर भन्ने बित्तिकै आम नेपालीमाझ बेश्यावृत्तीको अखडाका रुपमा परिचित छ । तर अब केही दिन पछि नायिका प्रियंका कार्कीलाई ठमेलका मसाज सेन्टर धाउँदै गरेको देख्नु भयो भने अन्यथा नठान्नुहोला । उनी ठमेलमा मसाज सेन्टर लगायतका विभिन्न स्थानबाट हुँदै गरेको बेश्यावृत्तीको बारेमा अनुसन्धान गदैछिन् । त्यस्तै बेश्यावृत्तीमा संलग्न महिलाहरुको आनीबानी र हाउभाउको नक्कल पनि गर्ने भएकी छिन् । खासमा प्रियंकाले कुनै एनजिओ र आइएनजिओका लागी ठमेलमा हुने गरेको बेश्यावृत्तीको बारेमा अनुसन्धान गर्न लागेकी होइनन् । अपकमिंङ प्रोजेक्ट ‘झोले’ मा गर्न लागेको बेश्याको क्यारेक्टरलाई जिवन्तता दिन उनले यस्तो गर्न लागेकी हुन् । यसअघि प्रायः लभर गर्लको क्यारेक्टरमा प्रस्तुत हुदै आएकी प्रियंका कार्की ‘झोले’ मा वेश्याको रोलमा प्रस्तुत हुँदैछिन् । ‘झोले’ लाई दिपेन्द्र के। खनालले निर्देशन गर्दैछन् । यता नायिकाका रुपमा अनुबन्धित भएकी कार्कीले पनि सिनेमाको उक्त रोल आफ्नो लागी च्यालेन्जिङ र फरक रहको दाबी गरिन् । त्यसैले पनि पर्दामा वेश्या गर्लको क्यारेक्टरलाई न्याय गर्न ठमेल लगायतका स्थानमा गएर उनीहरुको बोल्ने शैली र व्यवहारलाई नजिकबाट नियाल्न लागेको कार्कीले बताइन् । टेकेन खड्का र मनोज भट्टको संयुक्त लगानी रहने यो सिनेमा आगामी मंसिर १२ गतेदेखी फ्लोरमा जादैछ । प्रियंका कार्की सहित सुवास थापा, शिशिर राणा, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने यस सिनेमाले व्यंग्यात्मक कमेडीलाई मुख्य विषवस्तु बनाइने निर्माण पक्षले बताएको छ । सान बस्नेतको कथा लेखन र सूर्य थोकरको द्धन्द निर्देशन रहेको यस सिनेमाका प्रोडक्सन डिजाइनर बुद्धिलाल मगर हुन । त्यस्तै पुरुषोत्तम प्रधानको छायाँकन रहने यो सिनेमाको छायांकन धादिङबाट सुरु भई गोदावरी र काठमाडौ आसपासका स्थानहरुमा पुगेर सम्पन्न हुनेछ । सिनेमाको सुटिङ २५ दिनमा सकाउने निर्देशक खनालले जानकारी दिए ।(मेरोसिनेमा)

No comments:

Post a Comment