Tuesday, March 12, 2013

महानायक राजेश हमालको बिहेको चर्चा भइरहँदा उनको प्रेमिकाको तस्विर सार्वजनिक

 महानायक राजेश हमालको बिहेको चर्चा भइरहँदा उनको प्रेमिकाको तस्विर सार्वजनिक भएको छ ।

पछिल्लो पटक पनि हमालसँगै उनको प्रेमिकाको निक्कै चर्चा मिडियामा छ । राजेश हमालले आफ्नो लभ परेको भन्दै पटक पटक चर्चा गरेपनि बिहे नगरेपछि उनले गफ मात्रै दिएको भन्ने पनि भयो । त्यसपछि हमालले आफ्नी प्रेमिकालाई पत्रकारसँग त भेटाईदिए त फोटो पनि गोप्य राखियो ।


पहिलो पटक शुक्रबार साप्ताहिकमा अन्तरवार्ता छापिएपनि हमालको प्रेमिकाको तस्वीर भने छापिएको थिएन । सो अन्तरवार्तामा आफू सामान्य युवती भएको भनिए पनि हमालकी प्रेमिका यसअघि नै मोडलिङ क्षेत्रमा लागिसकेको तथ्यहरु पनि फेला परेका छन् ।


मधु भट्टराई नामकी उनले यसअघि सन् २००४ मा लक्स ब्युटी स्टार नामक सुन्दरी प्रतियोगितामा पनि भाग लिएको र २००२ मा काठमाडौंमा भएको मेगा मोडल कन्टेष्टमा फष्ट रनर अप भएको समेत खुलासा भएको छ ।

कसरी भयो मधु र हमालको भेट ?

विराटनगरकी मधु भट्टराई र नायक राजेश हमालको भेट ‘लक्स व्युटी स्टार’ मा भएको थियो । सन् २००४ मा आयोजना गरिएको यो कन्टेष्टमा हमाल प्रमुख निर्णायकको रुपमा पुगेका थिए । मधुले विभिन्न चरणमा देखाएको प्रस्तुतीले हमाल प्रभावित थिए । तर अन्तिम ५ मा पुगेकी मधुले हमालको प्रश्नको जवाफ भने सहि तरिकाले दिन सकिनन् । हमालको अगाडी मधु नर्भस भएको बताइन्छ ।

यसैले उनले यो प्रतियोगितामा फस्ट रनरअपको ताज जितेकी थिइन् । कार्यक्रम सकिएपछि हमाल र मधुको भेट भएको थियो । जहाँ हमालले मधुलाई आफ्नो भिजिटिङ कार्ड दिएका थिए । यसपछि मधु र हमालको इमेलमा कुरा हुन थाल्यो । यसको डेढ बर्षपछि मधुले हमाललाई प्रेम प्रस्ताव राखेको श्रोत बताउँछ । तर मधुले राखेको प्रेम प्रस्तावलाई हमालले तत्काल स्विकार गरेनन् । तर इमेलमा यि दुइको वार्तालाप भने चल्दै थियो । मधुको प्रेम प्रस्ताव पश्चात हमालले उनलाई बारम्बार भेट पनि गरेका थिए । मधुले प्रेम प्रस्ताव राखेको करिब ६ महिना पछि हमालले उनको प्रेमलाई स्विकार गरेका थिए । हमाल र मधुको प्रेमसम्बन्ध चलेको करिब ६ बर्ष भएको बताइएको छ ।

को हुन् मधु ?

५ फिट ६ इन्च अग्ली मधु विराटनगर निवासी हुन् । धनु राशी भएको मधुको एक दिदी छिन् । मधुको वुवाको २ बर्ष अघि निधन भैसकेको छ । हाल स्नातकको पढाइ सकेर बसेकी मधु लाजिम्पाटमा बस्ने बुझिएको छ । नायक हमालले उनलाई फ्ल्याटमा राखेका छन् । मधु हाल कुनै पनि काममा आवद्ध छैनन् ।

मधुले बनाएको केकको फ्यान हमाल

नायक राजेश हमाल मधुले बनाएको चकलेटी केकको फ्यान हुन् । हमालको जन्मदिनमा सधै नै मधुले बनाएको केक काटिन्छ । मधुको परिवार पनि हमालसँग बिहेका लागि राजी भैसकेका छन् । यसैले पनि यि दुइको चाडै बिहे हुने बुझिएको छ । हमाल मधुसँग नजिक र आकषिर्त हुनुको मुख्य कारण नै उनको बोलीचाली र सोचाइ हो । ‘मधु आम केटी भन्दा फरक छिन्, उनको सोचाई धेरै माथीको छ’, यसैले पनि हमाल आकषिर्त छन्, श्रोतले भन्यो ।

No comments:

Post a Comment