Monday, March 18, 2013

निशाले रोजिन् सचिवलाई, बृद्धले रोजे निशालाई (फोटो फिचरसहित)

निशाले रोजिन् सचिवलाई, बृद्धले रोजे निशालाई (फोटो फिचरसहित)


गायिका निशा सुनवार र गायक बद्री पंगेनीले दोहोरी गित गाउँदै गर्दा कार्यक्रमका प्रमुख अतिथी मुख्य सचिव लिलामणी पौडेल रमाइरहेका थिए । दोहोरी गीत गाउने क्रममा पंगेनीले सचिवका पनि प्रधानमन्त्री हुने दिन आएको बताउदै उनीसँगै बिहे गर्न निशालाई आग्रह गरे । निशाले पनि बद्रीको प्रस्तावलाई स्विकार गर्दै मुख्य सचिव पौडेलतर्फ आखा लगाइन् ।तर आफूलाई अविवाहित बताउँदै दोहोरी गाउन व्यस्त गायिका सुनुवारलाई भने दर्शकदिर्घामा बसेका एक बृद्धले आखा लगाएका रहेछन् । निशाको रुपैले तानेपछि ति बृद्ध स्टेजमै पुगे र निशासँग नाँच्न मस्त भए ।

तन्नेरी खोजेकी निशाले बृद्ध पाएपछि दर्शकदिर्घामा हाँसो छुट्यो । निशाले भने छोरासँग नाँच्ने बेलामा ससुरा आएको भन्दै दोहोरीमा जवाफ फकाइन् । बद्रीले पनि निशाले बिहे पनि नगरेको पोइला पनि नगएको भन्दै रमाइलो गरे ।

निशा र बद्रीको दोहोरी चलिरहदा प्रमुख अतिथी मुख्य सचिव लिलामणी पौडेल रमाइलो मान्दै सुनिरहेका थिए । दोहोरी सकिएपछि निशाले मुख्य सचिवलाई रमाइलो मात्र गरेको भन्दै केही नसोच्न आग्रह गरिन् । टेलिभिजन कलाकर्मी मञ्चले आयोजना गरेको एक विशेष कार्यक्रममा निशा र बद्रीको यो दोहोरी चलेको थियो

No comments:

Post a Comment