Wednesday, March 13, 2013

तकडा दाम पाएमा यौनजन्य चलचित्रमा अभिनय गर्ने खुलासा

 तकडा दाम पाएमा यौनजन्य चलचित्रमा अभिनय गर्ने खुलासा

नेपाली सिनेमा उद्योगमा चुम्वन केसी उपनाम पाएकी नायिका सोनिया केसीको जसरी वजारमा दिन प्रति दिन भाउ बढेको छ त्यसरी नै भाउ बढेको छ। सवैको भाउ वढ्ने हामी कलाकारको किन भाउ नवढ्ने ? यो उनको गंभीर प्रश्न पनि हो । प्रश्न संगै भाउ पनि वढाएकी छन् । चलचित्रको अभिनयमा मात्र होइन, फोटो खिच्दा पनि वेग्लै रेट राखेकी छन्। फोकटमा फोटो खिचाउन छाडेकी छिन। ए बाबा !!! हामी कलाकारले कति फोकटमा काम गर्ने ? हाम्रो पनि पेट छ। हामीले मात्र कति हरेक कुरा फोकटमा गर्ने ?  यस्तै-यस्तै प्रश्न गर्न थालेकी सोनियाले पाएमा राम्रो रोल तथा तकडा दाम पाएमा यौनजन्य चलचित्रमा अभिनय गर्ने खुलासा पनि गरेकी छन् । तर, त्यो चलचित्र सन्देशमुलक हुनुपर्ने शर्त राखेकी छन् । विना सन्देशमुलक यौनजन्य चलचित्रमा अभिनय गर्नुको कुनै औचित्य नभएको उनले भनेकी छन् । हुन त नेपाली चलचित्रका दर्शकले यौनजन्य चलचित्रको आवश्यकता महशुश गरेका छन् । त्यो पनि नेपाली चलचित्रका कलाकारको अभिनय भएको।
मेसेजफुल यानी सन्देशमुलक भएमा त्यसप्रकारको चलचित्रले समाजलाई सही मार्गमा ल्याउने गर्दछ। त्यस प्रकारका सन्देशमुलक चलचित्र आवश्यक भैसकेको छ । तर, पैसैको लागि जस्तो पायो त्यस्तै टाइपको चलचित्रमा कलाकारले खेल्नु भने हुदैन । हो, अन्यत्रको जस्तो नेपाली चलचित्रका कलाकारको त्यति भाउ वढ्न सकेको देखिदैन। पाएमा सवैले फोकटमा अभिनय गराउने पुरातन संस्कृति अझैपनि जारी रहेको छ। यसको मतलव नेपाली चलचित्रमा अझैपनि व्यावसायिकता आइनसकेको देखिन्छ। चलचित्र पाउने होडवाजीमा कलाकार-कलाकार वीच व्यापक प्रतिस्पर्धा त्यो पनि अस्वस्थ प्रतिस्पर्धा चल्नाले पनि यसप्रकारको अवस्था सिर्जना भएको हो। कतिपय कलाकार यस्ता पनि देखिएका छन्, मौका तथा अवसर मिलेमा फोकटमा खेल्ने अनि उल्टै चलचित्रमा लगानी गर्ने भएर पनि नेपाली चलचित्रका कलाकारका हकमा फोकटमा काम लगाउने फौवन्जारहरु नदेखिएका होइनन, देखिएका छन्। तिनीहरुले उनीहरुको अस्वस्थ प्रतिस्पर्धाको मज्जाले फाइदा उठाएको पाइएको छ।

यसतर्फ कलाकार आफैपनि सचेत हुनुपर्ने आवश्यक देखिन्छ । फोकटमा काम गर्ने परम्परालाई तोड्ने कार्य जसरी नायिका सोनिया केसीले प्रयास गरेकी छन्। त्यसै गरेर, अरु कलाकारले पनि त्यस प्रकारको अडान लिएर अगाडि बढेमा नेपाली चलचित्रका कलाकारले कामको उचित मूल्य अवश्य पाउने छन्। त्यसमाथि, नेपाली चलचित्रको सरोकारवाला संस्था चलचित्र विकास वोर्ड, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र कलाकार संघ लगायतले कलाकारको रेट निर्धारण गर्ने वेला भैसकेको छ। नयां तथा पुराना कलाकारको रेट कति भन्ने निश्चित दायरा तोकेर ती सरोकारवाला निकायले सार्वजनिक गर्न नितान्त आवश्यक भैसकेको छ। रेटमा शोषण गर्न खोज्ने जो सूकैलाई पनि कारवाही गर्न सही नियम तथा नियगमन गर्ने परिपाटीको विकास भएमा कोही कलाकार मर्कामा पर्ने थिएनन्।

No comments:

Post a Comment