Monday, March 11, 2013

के तपाईंको लिङ्ग बाङ्गो छ? यदी छ भने कुनै साधारण उपचारबाट लिङ्गलाई सिधा पार्न सकिन्छ ।

 के तपाईंको लिङ्ग बाङ्गो छ? यदी छ भने कुनै साधारण उपचारबाट लिङ्गलाई सिधा पार्न सकिन्छ ।


सबै पुरुषको लिङ्गको आकार एकै किसिमको हुँदैन। सामान्य रूपमै लिङ्ग केही बाङ्गो हुन्छ। उत्तेजित अवस्थामा एकदम सीधा नभई लिङ्ग आफंैमा केही मात्रामा टेढो -बाङ्गो) हुन्छ। यो सामान्य नै हो। कतिपयले लिङ्ग शरीरसँग टाँसिएको कोणको कुरालाई लिएर बाङ्गोपनको कुरा गर्छन्। कतिपयले लिङ्ग उत्तेजित हुँदा शरीरबाट सीधा बाहिर निस्किएको वा भुइँसँग समानान्तर -उभिएको अवस्थामा) हुनुपर्छ भन्ने सोच्छन् तर कुरा त्यसो होइन। लिङ्ग उत्तेजित हुँदा केही छड्के हुन सक्छ।



लिङ्ग प्रायः सधैंजसो छोपिने अङ्ग भए पनि यसको बनावटका सम्बन्धमा निकै चासो हुन्छ। पुरुषको ‘व्यक्तित्व’, ‘पौरुषत्व’ वा भनौं पहिचान तथा आत्मसम्मानसँग जोडिएकाले अन्य अङ्गभन्दा पनि यसको सांकेतिक महत्त्व बढी छ। सायद त्यसैले होला, कुनै पनि व्यक्ति उसको यौन तथा प्रजनन अङ्गको नाप तथा आकारप्रति सजग हुनु अस्वाभाविक होइन। विशेष गरी आफ्ना साथीहरूसँग तुलना गर्दा फरक भए यो बढी चिन्ताको विषय हुन्छ।

लिङ्ग मुख्यतया तीनवटा स्पन्जजस्तो संरचनाले बनेको हुन्छ। लिङ्गको माथिल्लो भागमा दुइवटा ऋयचउगक ऋबखभचलयकब भनिने भाग हुन्छन् भने तलतिर ऋयचउगक क्उलनष्यकum। लिङ्ग उत्तेजित हुँदा यिनै संरचनामा रगत भरिन्छन् र लिङ्ग मोटो एवं कडा हुन्छ। उत्तेजित नभएको बेला यो एक लचिलो अङ्गका रूपमा रहन्छ र बाङ्गोपनको खास आभास हुँदैन भने उत्तेजित हुँदा मात्र बाङ्गोपन देखिन्छ। तपाईंले लिङ्ग कुन अर्थमा बाङ्गो मान्नुभएको हो तथा कसरी आफ्नो लिङ्ग सामान्यभन्दा बाङ्गो भएको थाहा पाउनुभयो भन्ने कुरा खुल्नु आवश्यक छ। सम्पूर्ण शरीर देखिने ऐनामा केही दूरीबाट हेर्दाको भन्दा माथिबाट सीधै हेर्दा लिङ्गको बाङ्गोपन बढी देखिन्छ।

सबै पुरुषको लिङ्गको आकार एकै किसिमको हुँदैन। सामान्य रूपमै लिङ्ग केही बाङ्गो हुन्छ। उत्तेजित अवस्थामा एकदम सीधा नभई लिङ्ग आफंैमा केही मात्रामा टेढो -बाङ्गो) हुन्छ। यो सामान्य नै हो। कतिपयले लिङ्ग शरीरसँग टाँसिएको कोणको कुरालाई लिएर बाङ्गोपनको कुरा गर्छन्। कतिपयले लिङ्ग उत्तेजित हुँदा शरीरबाट सीधा बाहिर निस्किएको वा भुइँसँग समानान्तर -उभिएको अवस्थामा) हुनुपर्छ भन्ने सोच्छन् तर कुरा त्यसो होइन। लिङ्ग उत्तेजित हुँदा केही छड्के हुन सक्छ। लिङ्गको ऋयचउगक ऋबखभचलयकब भन्ने भाग जधनास्थी -उगदष्अ दयलभ) सम्म जोडिएको हुन्छ। त्यसैले उत्तेजित लिङ्गको कोणलाई निर्धारित गर्छ। यहाँ तपाईंले लिङ्गको बीच भागको बाङ्गोपनलाई नै संकेत गर्नुभएको होला।

यौनसम्पर्क गर्दा के अप्ठयारो होला ?
पुरुषलाई निकै चिन्ता हुने भए पनि लिङ्गको हल्का किसिमको बाङ्गोपनले यौनसम्पर्कमा कुनै बाधा पुर्‍याउँदैन र यौनसुख लिन तथा दिने क्रममा बाधा हुँदैन। यौन सुख दिनेभन्दा पनि लिने कुरा हो। अन्य व्यक्ति वा परिस्थिति वास्तवमा सहायक हुन्छन्।
यद्यपि केही परिस्थिति हुन्छन् जसमा लिङ्ग अति नै बाङ्गो हुन्छ। यसमध्ये केही त जन्मजात नै हुन्छन्। मूत्रनलीको विकासमा गडबडी भएर टेढोपन -जथउयकउबमष्बक) उत्पन्न भएको स्थितिमा लिङ्ग तलतिर बाङ्गो हुन्छ। लिङ्ग निश्चित -स्थायी) रूपमा बाङ्गो भएको अवस्थालाई अजयचमभभ भनिन्छ। मूत्रद्वारको गम्भीर संक्रमण पनि लिङ्गको बाङ्गोपनका कारण हुनसक्छ। त्यसबाहेक अर्को महत्त्वपूर्ण कारण एभथचयलष्भुक मष्कभबकभ हो। यसमा सामान्यतः लिङ्ग अकस्मात निकै बाङ्गो भएर यौनसम्पर्क गर्न नसक्ने हुन सक्छ र दुख्छ पनि। पक्का रूपमा कारण थाहा नभएको यो रोग प्रायः ४० वर्षभन्दा माथिका मानिसलाई हुन्छ। यस्ता गम्भीर समस्याहरूका लागि मात्र चिकित्सकको सहयोग आवश्यक पर्छ। लिङ्गको बाङ्गोपनको कुरा गर्दा लिङ्ग भाँच्चिने कुरालाई पनि बिर्सन हुँदैन।

शल्यचिकित्सा नै लिङ्ग सोझ्याउने उपाय हो। सामान्यतः गम्भीर प्रकृतिको लिङ्गको बाङ्गोपनलाई शल्यक्रियाद्वारा नै सोझो बनाइन्छ। तपाईंले विचार गर्नुपर्ने कुरा के छ भने शल्यक्रियाका हानि पनि हुन सक्छन्। त्यसैले आफ्नो लिङ्गको बाङ्गोपनबारे शंका छ भने मूत्ररोग विशेषज्ञ शल्य चिकित्सकको परामर्श लिन सकिन्छ, तर आवश्यक नै नभई हल्का किसिमको बाङ्गोपनलाई सोझ्याउन खोज्दा फाइदाको सट्टा बढी नै हानि हुने सम्भावना पनि हुन्छ।

के लि· भाँच्चिन सक्छ ?
हामीले हातखुट्टा भाँच्चिएको सुनेको भए पनि लिङ्ग भाँच्चिएको घटना नसुनेको हुन सक्छ, तर यथार्थ के हो भने लिङ्ग पनि भाँच्चिन सक्छ। उत्तेजित लिङ्गमा असामान्य रूपमा अति नै चोट वा अति नै दबाब पुगे यो भाँच्चिन सक्छ।लिङ्ग भाँचिदा हल्का पड्किएको वा कर्‍याक गरेको आवाज आउँछ। त्यसबेला लिङ्गको उत्तेजना हराउँछ र भँाच्चिएको स्थानमा रगतभित्रतिर जमेको हुनसक्छ र एकदम पीडा पनि हुन्छ। यो एउटा आपत्कालिन स्थिति हो र प्रायःजसो स्थितिमा तुरुन्तै शल्य चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ। उपचारका लागि ढिलो गर्दा जटिलता थपिन सक्छ।

यस्तो स्थिति नआओस् भनेर अलि फरक किसिमले गरिने यौनसम्पर्क गर्दा होस् वा हस्तमैथुन गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ। यसो गरे लिङ्गमा असामान्य रूपमा दबाब वा चोट पुग्दैन र लिङ्ग भाँच्चिने स्थिति पनि आउँदैन। यौनसम्पर्कको सन्दर्भ महिला पुरुषको माथितिर बसेर यौन सम्पर्क गर्दा लिङ्गमा कुनै किसिमको दबाब नपुगोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ।

No comments:

Post a Comment