Sunday, March 10, 2013

९ बर्षीयामाथि यौन दुर्व्यवहार आरोपमा पक्राउ

फाल्गुन २७ – ९ बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलटारले पीडितको उजुरीका आधारमा आइतवार भीमखोरी २ का २५ बर्षीय  देवसिंह तामाङलाई पक्राउ गरेको हो ।

बुढाखानी घर भई भिमखोरी २ स्थित काकाको घरमा पढ्न बसेकी ती बालिकामाथि तामाङले फागुण २० गते यौन दुर्व्यवहार गरेको आरोप आफन्तले लगाएका छन् ।

यौन दुर्व्यवहार गरेदेखि तामाङ फरार थिए’ इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख सुवास खड्काले भने, ‘पीडितको परिवारले दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला पठाएका छौ ।’ घटनाको बारेमा पीडित बालिकाले बिद्यालयका साथीहरुलाई भनेपछि मात्रै उनको परिवारले थाहा पाएका थिए ।



बालिकाले प्रहरीसामू पक्राउ परेका तामाङले आफूलाई यौन दुर्व्यवहार गरेको बताएकी प्रहरी निरीक्षक खड्काले बताए । पक्राउ परेलगत्तै तामाङले बालिकासँग सुतेको तर त्यसपछि के भयो आफूलाई थाहा नभएको बयान दिएका छन् ।

No comments:

Post a Comment