Sunday, March 24, 2013

सलमान र रणवीरसँग रोमान्स गर्न चाहन्छिन सन्नी लिओन


सलमान र रणवीरसँग रोमान्स गर्न चाहन्छिन सन्नी लिओन

मुम्बई, चैत ११ (एजेन्सी) – इन्डो क्यानेडियन हिरोइन सन्नी लिओन बलिउड स्टार सलमान खान र रणवीर कपुरसँग अनस्क्रिन रोमान्स गर्न चाहन्छिन्। सन् २०११ मा विग बोस ५ बाट बलिउड छिरेकी उनले हिन्दी फिल्म जिस्म २ र रागिनी एमएमएस २ मा अभिनय गरेकी छिन्। ‘बलिउड छिरेको एक वर्ष भएछ। मलाई यहाँ हुनु साह्रै खुशी लागिरहेको छ। म यो इन्ड्रस्टिमा नयाँ नै हुँ तर म रोमान्टिक र कमेडी फिल्म गर्न चाहन्छु।

  

म सलमान र रणवीर दुबैसँग रोमान्स गर्न चाहन्छु। म दुबैसँग अभिनय गर्न चाहन्छु। मलाई बडिगार्ड मन पर्यो। सलमानलाई हेर्दा रोमान्चित हुन्छु,’ उनले भनिन्।

सुटआउट एट वाडालाको प्रवर्द्धन गर्न आयोजित कार्यक्रममा सहभागी भएकी सन्नीले पत्रकारसँग आफ्नो रहर साटेकी हुन्।

सञ्जय गुप्ताले निर्देशन गरेको क्राइम ड्रामामा सन्नीले लैला.. गीतमा काम गरेकी छिन्। यो फिल्म सन् १९८२ मा मुम्बईमा भएको प्रहरीको इन्काउन्टरमा आधारित छ।
‘मैले यो गीतमा काम गर्न सकुला भन्ने सोचेकै थिइन। सुटिङको पहिलो दिन म धेरै नै आत्तिएकी थिएँ तर जोन आब्रहम, तुसार कपुर र अरुले मलाई सहयोग गरे,’ उनले सुनाइन।

जोन, तुसार, कङ्गना रनावत, अनिल कपुर र सोनु सुद यो फिल्मको मुख्य भूमिकामा छन्।

No comments:

Post a Comment