Sunday, March 10, 2013

पोर्न स्टार शैलीमा बलिउड विद्या बालन

बलिउड अभिनेत्री विद्या बालनलाई फेनको भुत नै चढेको छ । बालन यतिबेला पोर्न स्टारको फेसनमा संसारभरका मिडियाहरुमा छाएकी छिन् । ‘द डर्टी पिक्चर’ मा बालनले ‘पोर्न स्टार’ भूमिका निर्वाह गरेकी छिन् ।फिल्ममा उनले दक्षिण भारतीय सेक्स सिम्बोल सिल्क स्मिथाको भूमिका गरेकी छन् । फिल्म ‘द डर्टी पिक्चर’मा उनले लाएको असाधारण पहिरन र अभिनयको गलत रूपबाट मूल्यांकन गर्दै ‘पोर्न स्टारको रूपमा पहिचान दिनु अस्पष्ट र तर्कहीनता भएको उनले बताएकी छन् ।
फिल्ममा बालनको पहिरन सबै उत्तेजित प्रकृतिका छन् । छोटा ब्लाउज, जसका कारण अर्धनग्नताको स्थितिले दर्शकलाई लोभ्याउने प्रयास गरिएको छ । सिल्क स्मिथाको जीवन र समयसँग आधारित फिल्ममा विद्याले दुरुस्तै स्मिथाको अभिनय गरेकी छन् । स्मिथा कुनै जमानाकी चर्चित दक्षिण भारतीय फिल्म स्टार थिइन्, यौनोत्तेजक अश्लीलताका लागि कहलिएकी उनले छोटो उमेरमै आत्महत्या गरेकी थिइन् ।
पोर्न स्टारको रूपमा उनलाई विभिन्न साइट र सामाजिक सञ्जालहरूमा ट्याग गर्न थाले पनि उनले ‘त्यो निरर्थक हुने दाबी गरेकी छन् ।

No comments:

Post a Comment