Friday, March 15, 2013

निर्देशकको बाथरुममा हिरोईन सुमिना घिमिरेको चर्तिकला


निर्देशकको बाथरुममा हिरोईन सुमिना घिमिरेको चर्तिकला

  
राजेश हमालका सहयोगी रोशन हमालको कोठाको बाथरुममा नायिका सुमिना घिमिरे भेटिएको बिषय बुधवार प्रकाशित जन आस्था साप्ताहिकमा प्रकाशन भयो । बुधवार सबेरै देखि चर्चामा रहेको यो बिषयलाई लिएर कानेखुशी चल्न थालेको छ ।

केहि समय पहिले पनि यस्तै बिषयमा मुछिएकी सुमिना फेरी एकपटक चर्चामा आएकी छन् । पोखरामा छायांकन भएको चलचित्र ‘रंग’लाई रोशन हमालले निर्देशन तथा लगानी समेत गरेका छन् । सुमिना नायिका रहेको सोही चलचित्र छायांकनको बेला पोखराको होटल पिसफुलमा भएको सो घटनालाई जनआस्थाले प्रकाशमा ल्याएको छ ।

शुटिंगको लागी बिहान पाँच बजेनै नायिका घिमिरेलाई उठाउन खोज्दा कोठामा नभेटिएपछि रोशनको कोठाको बाथरुममा उनि रहेको उल्लेख गरिएको छ । निर्माण नियन्त्रक शंकर पाण्डे निर्देशक रोशनको कोठामा पुगेर पिसाव गर्न बाथरुम जाँदा खुल्लै रहेको बाथरुममा सुमिना रहेको बताईएको छ ।

एकजनाले सबै सुतेपछि सुमिना उठेको देखेको बताएको पनि उल्लेख गरिएको सो समाचारमा बाथरुम खुल्लै देखेपछि कसैले त्यहाँ नहेर्ने भएकोले बाथरुम खुल्लै छोडेको जनाईएको छ । यस अघि पनि परपुरुषसँगको सम्बन्धलाई लिएर प्रकाशित समाचार गलत भएको भन्दै सञ्चारमाध्यमको बिरुद्द सुमिनाले मुद्दा हाल्ने बताएकी थिइन । तर मुद्दा भने अहिले सम्म दर्ता गरेकी छैनन् ।

No comments:

Post a Comment