Friday, March 15, 2013

नेकपा एमालेका प्रभावशालि नेता केपी शर्मा ओलीले अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीको आलोचना

नेकपा एमालेका प्रभावशालि नेता केपी शर्मा ओलीले अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीको आलोचना गरेका छन् ।



रेग्मीले आफुखुशि मन्त्रीपरिषद् विस्तार गरेकोमा उनले आलोचना गरेका हुन् । राजनीतिक दलहरुसँग छलफल नै नगरी पाल्पालाई मात्र ध्यान दिएकोमा उनले यस सरकार प्रति असन्तुष्टि जनाएका हुन् ।



ओलीले आफु निकटका नेताहरुसँग शुक्रबार बिहान पार्टी कार्यालय बल्खुमा छलफल गरेका थिए । छलफलमा सहभागि एमाले नेता कृष्ण गोपाल श्रेष्ठले पनि रेग्मी सरकार प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।



पाल्पा घर भएका माधव प्रसाद घिमिरेलार्ई गृह मन्त्रीमा नियुक्ति गरेपछि श्रेष्ठले रेग्मी प्रति व्यङ्ग्य गर्दै भने, 'रेग्मीले पाल्पालाई मात्र सिंगो नेपाल देखे हिमाल, पहाड, तराई पनि छ भन्ने बुझ्न सकेनन् ।'



बैठकमा सहभागि नेता श्रेष्ठले भने, 'रेग्मीले मन्त्री परिषद् विस्तार गर्दा राजनीतिक दलहरुको सुझाव र सल्लाह लिनुपर्छ । मन्त्री परिषद् विस्तार गर्दा सम्पूर्ण भूगाललाई सन्तुलन हुने गरि जाति, भाषा, धर्म, लिङ्गको सन्तुलन मिलाउनु पर्छ ।'

No comments:

Post a Comment