Tuesday, April 2, 2013

महिलाका वक्षस्थल किन ठूला हुँदैछन् ?

 महिलाका वक्षस्थल किन ठूला हुँदैछन् ?


केही समय पहिले गरिएको अध्ययनले महिलाहरुका स्तनको आकार पुस्तै पिच्छे बढ्दै गएको देखाएको थियो । बेलायतमा गरिएको सो अध्ययन विश्वभरीकै महिलाको हकाम लागु हुने भन्दै विभिन्न जैविक तथा भौतिक कारणहरुले गर्दा महिलाहरुको स्तनको आकार बढ्दै गएको विज्ञहरुले बताएका थिए । वास्तवमा स्तनको आकार बढ्नु भनेको स्तनमा बोसो बढि थुप्रनु हो ।

तर स्लिम महिलाहरुमा समेत वक्षस्थलको आकार अस्वभाविक रुपमा ठूलो बन्नुमा केवल बोसो मात्र जिम्मेबार छैन । महिलाहरुमा स्तन तन्तुहरुको मात्रा नै बढेको छ । आखिर किन यस्तो भैरहेको छ त ? भन्ने कुराको चुरो भने हालै मात्र पत्ता लागेको छ ।

   
एउटा सत्य के हो भने महिलाहरुमा बढ्दै गएको मोटोपना र बदलिँदो जिवनशैलीका कारण नितम्ब र वक्षस्थलमा बोसोको मात्रा बढेको छ, जसका कारण महिलाहरुका स्तन पहिले भन्दा ठूला भएका छन् । तर बोसो मात्र होइन आधुनिक महिलामा स्तन कोष तथा तन्तुको संख्या नै बढी हुने गरेको छ ।
वास्तवमा महिलामा स्तन तन्तुको वृद्धि हुने कार्यमा वेस्ट्रोजेन नामक हर्मोनको भूमिका हुन्छ । महिलाको सेक्स हर्मोनको रुपमा रहेको वेस्ट्रोजेनले केवल स्तन मात्र होइन जिउडालको आकार समेत निर्धारण गर्छ । यहीँ हर्मोनको उच्च उत्सर्जनका कारण युवतीहरुमा स्तनको आकार बढेको निष्कर्ष विज्ञहरुको छ ।
महिलाहरुले विभिन्न प्रकारका सौन्दर्यमूलक रसायनको साथै विभिन्न खाले गर्भनिरोधका औषधिहरु समेत प्रयोग गर्ने हुँदा यसले उक्त हर्मोनको उत्पादनमा प्रभाव पार्ने र सोही कारण महिलाको स्तन मात्र नभएर नितम्बको आकार पनि बढाउँदै लगेको निष्कर्ष शोधकर्ताहरुको छ ।

No comments:

Post a Comment