Monday, April 8, 2013

पेन्टी चोरले पार्यो युवतीलाई हैरान

 पेन्टी चोरले पार्यो युवतीलाई हैरान
सुनचाँदी तथा धनमाल चोर्ने चोरका बारेमा त प्रसस्तै सुनिए, भोगिएको हो । तर अब यस्ता चिजको पनि चोरी हुन थालेछ जसको बारेमा सुन्दैमै हाँसो उठ्छ, दुख पनि लाग्छ । साँच्ची अब सोँच्ने बेला आएछ क्यारे, सेफमा धनमाल राख्ने कि आफ्नो अण्डरवेयर ?
अमेरिकाकी एक महिला यहीँ द्धिविधामा छिन् आजकल । उनलाई पर्नु पिर परेको छ । तर आफुलाई परेको पीर वा भोग्नुपरेको कुरा अरुलाई भन्दा आफैलाई लाज लाग्ने स्थिति छ ।
लगातार आफ्ना पेन्टी हराउन थालेपछि पेन्टी चोर पत्ता लगाउन उनले जासूसी क्यामरा लगाउनु मात्र परेको छैन आफ्नो पेन्टी चोरिएको बारे प्रहरीमै उजुरी गर्नु पर्यो ।

न्युयोर्कको एक अपार्टमेन्टमा बस्ने एलिजाबेथ सेनटानाले लगाउने पेन्टी लगातार चोरी भएका हुन् । धुनका लागि अरु कपडा सँगै दिएको पेन्टी हरेक पटक लन्ड्रीबाट गायब हुन थालेपछि उनी अचम्ममा परिन् । हरेक पटक नयाँ पेन्टी किनेर लगाउने तर सफा गर्नका लागि लन्ड्रीमा दिएपछि उतै गायब हुने घटना उनले केही पटक त सहिन् तर हरेक केही दिनमै नयाँ पेन्टी किन्नुपर्दा उनको पारो तात्न थाल्यो । उनलाई आफ्नो पेन्टीका पछाडि कोही लागिरहेकेा छ र कसैले पक्कै छानीछानी चोरिरहेको छ भन्ने पक्का भयो ।
त्यसपछि उनले लन्ड्रीमा जासूसी क्यामरा फिट गरिन् । त्यो क्यामरामा एक सेतो र्सट लगाएको युवकले लन्ड्रीको ड्रायरमा केही चिज खोजिरहेको दृश्य कैद भयो । आखिर दृश्य मात्रै कैद भयो र त्यहीँ युवकले नै पेन्टी चोरेको हुनर्ुपर्छ भन्ने अनुमान गरियो । उनले सो फुटेज सहित प्रहरीमा उजुरी पनि गरिन् । प्रहरीले यसअघि पनि त्यो अपार्टमेन्टमा त्यस्ता घटना सुन्ने गरिएको भन्दै पेन्टी चोरको खोजी भैरहेको जनाएको छ । आखिर महिलाले लगाएका पेन्टी चोर्ने चोरको नियत के हो – त्यो कुरा चोर पक्रिएपछि मात्र थाहा हुनेछ ।

No comments:

Post a Comment