Wednesday, April 10, 2013

उत्तर कोरियाद्वारा विदेशीलाईदक्षिण कोरिया छोडन चेतावनी (भिडियोसहित )

उत्तर कोरियाद्वारा विदेशीलाईदक्षिण कोरिया छोडन चेतावनी (भिडियोसहित ) उत्तर कोरियाद्वार दक्षिण कोरियामा रहेका विदेशीलाई दक्षिण कोरिया छोडन भनेको छ । दुई कोरिया विच बढदो तनावमाझ पछिल्लो भनाईले दक्षिण कोरियामा रहेका विदेशीहरु अन्योलमा परेका छन । गत शुक्रबार नै उत्तर कोरियाले युद्धको अवस्थामा देशमा रहेका कुटनैतिक निकाय र दुतावासलाईसुरक्षा दिन नसक्ने भनेको थियो । युद्धको अवस्था भएको भन्दै उत्तर कोरियाले भनेको छ “ युद्धको अवस्थामा दक्षिण कोरियामा रहेका विदेशीहरु लाई असर परोस भन्ने हामी चाहदैनौं ।” पछिल्लो समय जापान र कोरिया तथा यस क्षेत्रका अमेरिकी क्याम्पहरुमा एन्टी मिसाईल सिस्टम जडान गर्न थालेको खबर आउन थालेपछि अवस्था केही असामान्यतर्फ जान थालेको अनुमान गर्न थालिएको छ । जापानले मंगलबार मात्र राजधानी टोकियोको ३० विलियन जनताको सुरक्षाको लागि ३ स्थानमा एन्टि मिसाईल जडान गरिसकेको छ । पछिल्लो समय दुई कोरिया विचको बढेको तनावको कारण नेपाली लगायत विदेशी समेत अन्योलमा रहेको बेला उत्तर कोरियाको यस्तो चेतावनीले झन तनाव बढाएको छ । विविसी लगायत अन्तराष्ट्रिय समाचार संस्थाले जनाए अनुसार यसले दुई देशको चिसोपनलाई बढाएको छ ।

No comments:

Post a Comment