Wednesday, April 10, 2013

‘रोमान्स’ मा कस्ता कस्ता संवाद ? (भिडियो)

‘रोमान्स’ मा कस्ता कस्ता संवाद ? (भिडियो) वीपी फुयाँलको निर्देशनमा तयार भएको चलचित्र ‘रोमान्स’ को प्रोमो सार्वजनिक गरिएको छ । चलचित्रको प्रोमोमा थुप्रै अश्लिल शब्दहरु प्रयोग गरिएको छ । एक युवतीलाई पुरुषले रोमान्सका लागि कसरी प्रयोग गर्छ भन्ने बिषयलाई सिनेमाले उठान गर्न खोजेको छ ।चलचित्रमा प्रयोग गरिएका संवादहरु केही भद्दा र अश्लिल लाग्छन् । चलचित्रमा विशाल पोखरेल, स्मिता थपलिया लगायतका कलाकारको अभिनय छ । ‘रोमान्स’ लाई जेठ महिनाको पहिलो सातामा प्रदर्शनमा ल्याउने तयारी निर्माणपक्षले गरेको छ । यो चलचित्रका केही संवाद तथा दृश्यहरु सेन्सर बोर्डको आखामा पर्ने निश्चित जस्तै देखिएको छ ।

No comments:

Post a Comment