Tuesday, April 2, 2013
एक पटक पढ्नै पर्ने स्वस्थ यौन जीवनका कुराहरु ...
एक पटक पढ्नै पर्ने स्वस्थ यौन जीवनका कुराहरु ...
धेरैजसो पुरुष जब कामोत्तेजित हुन्छन्, त्यसबेला उनीहरूको शारीरिक प्रतिक्रिया एवं हाउभाउबाट केही कुरा
अनुमान लगाउन सकिन्छ । पुरुषहरू पनि आफ्ना इच्छालाई स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनन् तर यसको अर्थ उनीहरू यौन आनन्द नै लिँदैनन् भन्ने हो इन । अतः पुरुषको शारीरिक प्रतिक्रिया र तिनलाई आकषिर्त गर्ने रहस्य थाहापाएर उनीहरूलाई सन्तुष्ट गर्नुका साथै आफनो यौन जीवनलाई बढी स्वस्थ एवं रोमान्चक बनाउन सकिन्छ ।
शरीर सहवासका बेला यौनसाथीको शरीर पुरुषका लागि आकर्षणको प्रमुख केन्द्र हुन्छ । सहवासका बेला पुरुषको शरीरमा सेरोटोनिन हर्मोनको श्राव बढ्छ । फलस्वरूप पुरुषको रुचि पनि राम्रो हुन्छ । यस्तो अवस्थामा पुरुषलाई मात्र आफ्नो यौनसाथीको शरीर हेर्ने इच्छा हुन्छ । अतः पुरु षलाई आकषिर्त गर्न महिलाले आफ्नो शरीरलाई सही रूपमा प्रयोग गर्नुपर्छ । साथै यौनसाथीलाई प्रेरित गर्नुपर्छ जसबाट उसले आफ्नो शरीरलाई बढीभन्दा बढी हेर्न सकोस् ।
पुरुषको स्तनमहिलाको जस्तै पुरुषको स्तनको मुन्टो पनि प्रमुख कामोत्तेजक अंग हो । १७ देखि २९ वर्षसम्मका पुरुषमा गरिएको एक सर्वेक्षणअनुसार ५० प्रतिशतभन्दा बढी पुरुषले सहवासका बेला आफ्नो यौनसाथीद्वारा आफ्नो स्तनको मुन्टोमा गरिएको स्पर्श चुम्बन आदिबाट उत्तेजना बढेको कुरा स्वीकार गरेका छन् । उक्त सर्वेक्षणबाट यो कुरा पनि प्रमाणित भएको छ कि सहवासका समयमा १७ प्रतिशत महिला आफ्नो यौ नसाथीको स्तनको मुन्टोसित जिस्किने, खेल्ने काम गर्छन् ।
जी स्पट
महिलामा जस्तै पुरुषको शरीरमा पनि जी स्पट हुन्छ, जसले उनीहरूको ओर्गेज्ममा मुख्य भूमिका निर्वाह गर्छ । पुरुषको जी स्पट लिंगको तलतर्फको ग्रन्थिमा हुन्छ र यो ग्रन्थीलाई हल्का स्पर्श गर्दा पनि पुरुषमा दुई गुणा उत्तेजना बढ्छ । अतः सहवासको आनन्द बढाउन यौ नसाथीको जी स्पटलाई प्रेमपूर्वक चलाउनुपर्छ । यसको असरले यौन सम्बन्धलाई अझ आनन्ददायक हुने कुरामा दुईमत छैन । पेरिनियमलाई बेवास्ता गर्नुहुँदैन पुरुषको पेरिनयम अर्थात् अण्डाशयदेखि मलद्वारसम्मको कोमल हिस्सालाई पनि अत्यन्त संवेदनशील र कामोत्तेजक मानिन्छ । विशेषज्ञहरूका अनुसार यो स्थानलाई औंलाले बिस्तारै हल्का दबाब दिनाले कामच्छा जागृत हुन्छ ।
मन खोलेर प्रशंसा गर्नुपर्छ
आफ्नो प्रशंसा सुन्न कसलाई मन लाग्दैन ? विशेषगरी सम्भोगका समयमा यसको महत्त्व अझ बढ्छ । शारीरिक एवं मानसिक क्रिया दुवै नै सम्भोगमा उत्तिकै महत्त्वपूर्ण हुने भएकाले सम्भोगका बेला उत्तेजना कायम राख्न प्रशंसाको बोलीले कामोत्तेजक औषधीको काम गर्छ । अतः यौनसम्पर्कलाई रोमान्चक बनाउन यौनसाथीको शरीर तथा उसको भाव भंगिमाको प्रशंसा गर्न कन्जुस्याइँ गर्नुुहुँदैन ।
मुहारको भाव
पुरुषको लिंगबाट पनि कामोत्तेजनाको अनुमान गर्न सकिन्छ तर महिला शरीरको उत्तेजना पत्ता लगाउन कठिन हुन्छ । इमोय विश्वविद्यालयको अनुसन्धानअनुसार पुरुष आफ्नो यौनसाथीको आनन्दको स्तरको अनुमान उसको मुहारबाट लगाउँछ र मुहार हेरेर यौनसाथी सम्भोग क्रियामा कति र कुन हदसम्म सहभागी छ भन्ने कुरा जान्ने प्रयास गर्छ । त्यसैअनुसार पुरुष यौनसाथीको उत्तेजना बढ्ने- घट्ने हुन्छ । यसबाहेक सहवासका बेला आँखा जुधाउँदा पनि कामोत्तेना बढ्छ ।
नाक पनि हट स्पट
फोरप्लेका बेला कामोत्तेजना बढाउन ओठ, गर्दन र आँखालाई बढी ध्यान दिए पनि नाकका सम्बन्धमा ध्यान दिइँदैनन् । नाकलाई सुमसुम्याउँदा पनि पुरुषमा कामोत्तेजना बढ्छ । वास्तवमा नाकमा अन्य अंगको तुलनामा सबैभन्दा बढी एन्डिङ हुन्छ जसले कामोत्तेजना जन्माउँछ । अतः फोरप्ले र सहवासका बेला वातावरणलाई अझ बढी रोमान्टिक बनाउन यौनसाथीको नाकमा चुम्बन गर्नुपर्छ ।
पागलपन पनि आवश्यक छ
ओर्गेज्म नजिक पुग्ने बेलामा पुरुषको उत्तेजना चरम सीमामा हुन्छ र यो चरणमा उनीहरू थोरै जंगली हुन्छन् । उनीहरू आफ्नो यौ नसाथीबाट पनि त्यस्तै अपेक्षा राख्छन् । सहवासलाई सुखद बनाउन यौनसाथीसित केही जंगली व्यवहार गर्न पनि सकिन्छ ।
उत्कर्षलाई बनाउनुपर्छ आनन्ददायक
चरमसुख नजिक पुग्ने अवस्थामा पुरुषको हाउभाउमा धेरै परिवर्तन आउँछ । यो अवस्थामा धड्कन तीव्र हुनु, सास भारी हुनु, मांसपेशीमा तनाव आदि । उक्त स्थितिमा पुग्ने बित्तिकै अधिकांश पुरुष उत्कर्षमा पुग्न चाहन्छन्, तर उनीहरूलाई यो चरणमा जति लामो समयसम्म कायम राख्न सकियो, चरमसुख त्यति नै बढी आनन्ददायक हुन्छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment