Thursday, April 11, 2013

डन्डिफोरको दागबाट कसरी छुटकारा पाउने ?

डन्डिफोरको दागबाट कसरी छुटकारा पाउने ?


मेकअप गरेको अनुहारलाई सुत्नुभन्दा अगाडि पानीले पखालेर सुत्नुहोस् र डन्डिफोर नआउनको लागि जति सक्दो अनुहारलाई धुनुहोस् ।

यदि अनुहामा डन्डिफोर छ भने कहिले पनि त्यसलाई नकोट्याउनुहोस् । डन्डिफोर कोट्याउँदा बस्ने दाग हराउनमा समय लाग्छ र यसलाई हटाउनको लागि निकै गाह्रो पनि हुने गर्दछ । दाग छालाको सतहमा मात्र छ भने त यसलाई घरेलु पद्धतिबाट पनि हटाउन सकिन्छ तर यदि निकै पुरानो र गाढा छ भने त्यसको लागि कस्मेटिक सामग्रीहरुको नै आवश्यक पर्ने गर्दछ

डन्डिफोरको दाग हटाउन तपाईंले घरेलु पद्धति पनि अपनाउन सक्नुहुनेछ । चन्दनको धुलोको लेप बनाएर लगाउनाले दाग बिस्तारै हट्दै जान्छ । दाग हटाउनको लागि मह पनि लाभदायक हुन्छ । दागमा थोरै मात्रामा दैनिक मह लगाउने र त्यसको पाँच मिनेटमा सफा पानीले धुने गरेमा दाग बिस्तारै हट्दै जान्छ । अण्डाको सेतो भाग अनुहारमा लगाउने, त्यसलाई पाँच मिनेटसम्म सुक्न दिने र सफा पानीले मुख धुने । निमको पातको लेपमा चन्दनको धुलो हालेर लगाउनाले डन्डिफोरको दाग निकै कम हुन्छ ।

No comments:

Post a Comment