Wednesday, April 10, 2013

सन्नीले दिइन् प्रियंकालाई चुनौती

सन्नीले दिइन् प्रियंकालाई चुनौती पोर्नस्टार सन्नी लियोनीको चर्चा बलिउड बजारमा आकाशिएको छ । ‘सुट आउट एट वाडला’ नामक सिनेमाको एक आइटम गीतमा नृत्य गरेपछि सन्नीको चर्चा चुलिएको हो । उनले आइटम नृत्य गरेको ‘लैला’ बोलको गीतका कारण नायिका प्रियंका चोपडा छायाँमा परेकी छिन् ।यो चलचित्रमा प्रियंकाले पनि आइटम नृत्य गरेकी छिन् । ‘बदमाश बबली’ बोलको गीतमा आइटम नृत्य गरेकी प्रियंकालाई सन्नीको जवानीले चुनौती दिएको छ । प्रियंकाले नृत्य गरेको ‘बदमाश बबली’ सन्नीको ‘लैला’ अगाडी घुडा टेक्न वाध्य भएको छ । यसैले पनि प्रियंका बलिउड बजारमा सन्नीको अघि छायाँमा परेको विश्लेषण गर्न थालिएको छ । प्रियंका र सन्नीले चलचित्रमा पहिलो पटक आइटम नृत्य गरेका छन् । तर एक पोर्नस्टारको अघि घुडा टेक्नु पर्दाप्रियंकाका लागि निराश हुनुपर्ने अवस्था आएको छ ।

No comments:

Post a Comment