Tuesday, April 2, 2013

सैनिक अस्पतालमा महिलामाथि दुर्व्यवहार…

सैनिक अस्पतालमा महिलामाथि दुर्व्यवहार… नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार गर्न गएकी एक सैनिककी श्रीमतीमाथि दुर्व्यवहार भएको छ । धादिङ घर भएका ती सैनिककी श्रीमतीलाई अस्पतालको वार्ड रेखदेख गर्न बसेका सैनिक जवान युवराज कुँवरले यौन दुर्व्यवहार गरेको पाइएको हो । पेट फुलेपछि चैत १५ गते उनी महिला अस्पतालमा भर्ना भएकी थिइन् । चैत १६ गते राति साढे ११ बजे ज्वरोसमेत आएको र निधारमा पानीपट्टी राखिदिने बहानामा ती जवानले उनीमाथि दुर्व्यवहार गरेका थिए । ती महिला चिच्याएपछि अन्य बिरामीका कुरुवा र अस्पताल प्रशासनले कुँवरलाई नियन्त्रणमा लिएको थियो । अस्पताल प्रशासनले रातभर नियन्त्रणमा राखेर १७ गते बिहान सैनिक प्रहरीको जिम्मा लगाएको थियो । सैनिक प्रवक्ता सहायकरथी सुरेशराज शर्माले आरोपित सैनिकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताए । उनले आरोप प्रमाणित भए कारबाही गरिने बताए ।

No comments:

Post a Comment