Friday, April 12, 2013

दह्रिलो सम्भोगका ६ काइदा

 दह्रिलो सम्भोगका ६ काइदा

उमेर ढल्किन लागेसँगै आफ्नो पार्टनरलाई सम्भोगका सन्तुष्टी दिन कठीन बन्दै जान्छ । सम्भोगमा असक्षमताले दम्पतीबीच असमझदारी र तनाव त ल्याउँछ नै यसले पुरुषका लागि आफ्नो अभिमानमा पनि ठेस पुराउँछ । त्यसकारण यौन जिवनको सन्तुष्टीका लागि स्वस्थ जिवनयापन अपनाउनु अत्यन्तै जरुरी हुन्छ ।
याद राख्नुहोला, महिलाले सबैभन्दा बढि एक दहि्रलो यौन सम्बन्ध नै चाहन्छन् । यो चाहना पूरा गर्नु पुरुषहरुका लागि फलामको च्यूरा चपाउनु जस्तै हुन्छ भन्दा फरक नपर्ला । यहाँ ६ वटा उपाय प्रस्तुत गरिएको छ जसलाई अपनाएर तपाइँ पुरुष मित्रहरुले आफ्नो यौन सम्बन्धलाई दहि्रलो बनाउन सक्नुहुन्छ :
मज्जाले पोषिलो खाना खानुहोस्, स्वस्थ र मजबुत रहनुहोस् – तपाइँको भोजनमा पोषक तत्वहरुको पर्याप्तता भयो भने त्यसले तपाइँको यौन क्षमतामा वृद्धि गर्छ र यौन जिवनलाई दहि्रलो बनाउँछ । त्यसैले पोषिला तथा शक्ति दिने खानाहरु जस्तै अण्डा, ओखर लगायतका विभिन्न फलका गुदी, माछा मासु, दुध, सागपात जस्ता खाना नियमित खानुहोस् । तर जंक फूडबाट भने टाढा रहनुहोस् ।
व्यायाम पनि जरुरी हुन्छ – स्वस्थ पुरुष यौनिक रुपमा पनि तन्दुरुस्त नै हुन्छ । यौन इच्छा तथा यौन क्षमता बढाउन व्यायाम उत्तम उपाय हो । व्यायामले तनाव घटाउँछ र सरीरमा यौन हर्मोनको रुपमा रहेको टेष्टेस्टेरोन हर्मोनको उत्सर्जन बढाउँछ ।
धूमपान मध्यपान छाड्नुहोस् – तपाइँले सुन्नु भएकै होला की धूमपान मध्यपानले यौन जिवनमा असर गर्छ भन्ने कुरा । धूमपानले सरीरमा रक्त प्रवाहमा नकारात्मक असर पूराउँछ । यसले फोक्सोमा पनि असर पूराउँछ । जसले यौन क्षमता मात्र नभएर अरु सबै शारीरिक तथा मानसिक क्षमतामा नकारात्मक असर पूराउँछ । त्यस्तै मध्यपानले पनि सरीरमा नकारात्मक असर पूराउने र यौन उत्तेजनामा असर पूराउने बताइन्छ ।
हस्तमैथुन सन्तुलित गर्नुस्- हस्तमैथुन धेरै गर्नु राम्रो होइन । प्राकृतिक यौन सम्बन्ध्का लागि पनि केही कुरा बाँकी राख्नुहोस् । त्यसैले अति उत्तेजनालाई नियन्त्रण गर्नु राम्रो हुन्छ ।
सम्भोगका लागि सही आसन छान्नुहोस् – सम्भोगका लागि उपयुक्त आसन र नयाँ प्रयोगले पनि यौन जिवनलाई दह्रो तथा सुखमय बनाउन सहयोग गर्छ । मुखमैथुनले पनि पार्टनरबीच मनोवैज्ञानिक खुल्लापन र निकटलाई बढाइ यौन सम्बन्धलाई सुखमय बनाउँछ ।
बढि कसिला भित्री वस्त्र नलगाउनुहोस् – बढि कसिला भित्री वस्त्रले पनि यौन क्षमतामा असर पूराउँछ । यसले यौन तथा प्रजनन क्रियामै असर पूराउने वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् । बढि कसिला पेन्टी लगाउँदा पुरुषको हकमा लिंगका कोषमा असर पुग्ने र लिंगमा रक्तप्रवाह गर्ने रक्तनली थुनिने खतरा हुँदा त्यसले लिंगको उत्तेजनामा असर पूराउँछ र यौन क्षमतामा नकारात्मक असर पुग्छ ।

No comments:

Post a Comment