Wednesday, April 3, 2013

अश्लील साइटको यात्रा( भिडियो सहित)


अश्लील साइटको यात्रा( भिडियो सहित)

मेरिकी पोर्नस्टार सन्नी लियोन, ३०, भारतको एक टेलिभिजन कार्यक्रम ‘बिग बोस’मा सहभागी हुने खबरलगत्तै त्यहाँ एकप्रकारको तहल्का मच्चिएको थियो । त्यसको प्रभाव छिमेकी देशहरूमा समेत उस्तैगरी पर्‍यो। बंगलादेश र पाकिस्तानमा सबैभन्दा बढी गुगलमा खोजिएकी सेलिबि्रटी बनिन् लियोन। नेपालबाट समेत पछिल्लो झन्डै साढे तीन महिनामा लियोनलाई १ सय ६० प्रतिशतभन्दा बढीले खोजी भयो।

यसले के देखाउँछ भने इन्टरनेटमा पोर्न -अश्लील) साइट खोजीमा नेपालीको चासो पनि बिस्तारै बढ्दै गइरहेको छ। यौनजन्य सामग्री, कामुक तस्बिर र भिडियोहरू तथा त्यस्तै खाले गीतसंगीतमा पनि युवापुस्ताको रुचि आकासिँदो छ।

नेपालमा इन्टरनेट भित्रिएको दुई दशक पनि भएको छैन। त्यसमाथि सर्वसाधारणले सर्वसुलभ ढंगबाट इन्टरनेट चलाउन थालेको त विसं ‘६० को दशकपछि मात्रै हो। यसबीचमा इन्टरनेट चलाउने नेपालीको संख्या ह्वात्तै बढ्यो। यही गतिमा नै पोर्नको स्वाद चाख्ने कुरा नेपालीहरूका लागि समेत ठूलो रहेन। विश्व बैँकले सन् २०११ म्ाा सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१० सम्ममा नेपाललमा कुल जनसंख्याको ६.८ प्रतिशतमा इन्टरनेटको सहज पहुँच पुगेको छ। सन् २००९ बाट २०१० सम्म इन्टरनेट उपभोक्ता १ सय ६० प्रतिशतले बढे भने सन् २०१० बाट सन् २०११ मा ७४ प्रतिशतले। इन्टरनेटमा पहुँच भएका जमात मूलतः शिक्षित युवा र सहरयिा अधबैँसे वर्ग हुन्।
भिडियो हेर्नुहोस् कस्ता छन् त अश्लील साइटहरु

No comments:

Post a Comment