Thursday, April 4, 2013

गलत प्रेम भन्दा एक्लै बस्न ठिक : रीमा विश्वकर्मा

गलत प्रेम भन्दा एक्लै बस्न ठिक : रीमा विश्वकर्मा


नायिका रीमा विश्वकर्मा अहिले विभिन्न कारणले चर्चामा छिन् । विशेषगरी सिनेमा र म्युजिक भिडियोमा जमिरहेकी रीमा आफु हाल सिंगल रहेको बताउँछिन् । रीमा भन्छिन्, ‘गलत प्रेममा फस्नु भन्दा एक्लै बस्न ठिक छ ।’आखिर रीमालाई एक्लै बस्ने मन कहाँबाट आयो त ? अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘जब आफूलाई अद्भुत अनुभुती हुन्छ अनि मात्र त्यहाँ साचो प्रेम हुन्छ । तर जब कसैसँग प्रेम गरेर आफुलाई खुशी लाग्दैन भने त्यो प्रेम किन गर्नु र ?’
चलचित्र ‘स्वर’ बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी नायिका रीमा विश्वकर्मा म्युजिक भिडियोमा जमिरहेकी छिन् । एक्लै बस्न मन लागेको बताउने रीमा प्रेममा अहिलेसम्म कतिपटक परिन् त, भनिन्, ‘जीवनमा कलेज पढ्दा प्रेम भएको थियो । प्रेममा पर्दा त आफूलाई नौलो र मिठो अनुभव भएको थियो । तर वुझ्दै जाँदा त्यो साँचो प्रेम थिएन र हामी सम्बन्धबाट टाढा भयौ ।’
रीमा धेरैको प्रेम देखेर आफुलाई सिंगल बस्न मन लागेको बताउँछिन् । ‘देखावटी प्रेम भन्दा सिंगल नै बस्नु ठिक हो’, हाल सिंगल रहेको बताउँने रीमा भन्छिन् ।

No comments:

Post a Comment