Wednesday, April 3, 2013

केटीले गरिन् केटीकै बलात्कार


केटीले गरिन् केटीकै बलात्कार

स्कटल्याण्डकी एक १८ वर्षीय युवतीले ३ वर्षको जेल सजाय पाएकी छिन् । आफु केटा भएको भन्दै एक किशोरीमाथि साढे ३ वर्षदेखि लगातार बलात्कार गर्दै आएकी ती युवतीले जेलको हावा खानुपरेको हो ।
जस्टिन म्याकनेली नामकी ती युवतीले केटाको भेष गरेर १६ वर्षकी कि किशोरीसँग अनलाइनमार्फत सम्बन्ध स्थापित गरी भेटघाट समेत गरेर यौन सम्पर्क गरेकी थिइन् । अदालतमा मुद्दा दायर गर्ने डेभिड मार्खामका अनुसार साढे तिन वर्षदेखिको अनलाइन चिनजान पछि जस्टिनले ती किशोरीलाई ललाइफकाइ गरेकी थिइन् ।
केटाको भेषमा केटीद्धारा नै बलात्कृत हुने ती किशोरी लण्डनकी हुन् । भविष्यमा विवाह गर्ने आश्वासन दिँदै साथीको घरमा बोलाएर ती युवतीले किशोरीलाई पहिलोपटक बलात्कार गरेकी थिइन् र त्यसपछि पनि तिन पटकसम्म उनले बलात्कार गरिन् । बलात्कारमा पर्ने किशोरीको झोलामा कृत्रिम लिंग फेला परेपछि उनकी आमाले केरकार गर्दा ती किशोरीले आफ्नो सम्बन्धको बारेमा सबै खुलस्त पारिन् ।
त्यसपछि ती किशोरीकी आमाले त्यसरी बलात्कार गर्ने केटा नभएर केटी भएको भन्दै जस्टिनलाई पक्राउ गराउने निधो गरिन् । आखिर फेरी सेक्स गर्नका लागि जस्टिनलाई ती किशोरीले बोलाइन् र सोही बेलामा प्रहरीद्धारा उनलाई पक्राउ गराइयो । उड ग्रिन क्राउन अदालतले केटाको भेषमा किशोरीलाई बलात्कार गर्ने ती युवतीलाई साढे ३ वर्षको जेल सजाय सुनाएको हो ।

No comments:

Post a Comment