Friday, May 10, 2013

८ तले भवन भत्किंदा पुरिएकी महिलाको १७ दिनपछि जीवितै उद्दार

 ८ तले भवन भत्किंदा पुरिएकी महिलाको १७ दिनपछि जीवितै उद्दार

   
ढाका, काठमाडौं, वैशाख २७ । बंगलादेशको राजधानी ढाकामा १७ दिनअघि भत्किएको भवनको भग्नावशेषबाट एक महिलालाई जिउँदै उद्दार गरिएको छ । भवनको दोश्रो तलाको भग्नावशेष पन्छाउने क्रममा महिलाले चिच्याएको आवाज आएपछि उद्दारकर्मी ती महिलालाई जिउँदै उद्दार गर्न सफल भएका हुन् । शरीरमा चोटपटक समेत नलागेकी ती महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ती महिलाले उद्दारकर्मीहरुको आवतजावतको आवाज सुनेर बारम्बार बोलाउने गरेको तर आपूmलाई थिचेको भग्नावशेष छिचोलेर बाहिर निस्कन सक्ने अवस्था नरहेको बताएकी बीबीसीले जनाएको छ । ढाकामा अनधिकृत रुपमा बनाईको आठ तले भवन भत्किंदा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

No comments:

Post a Comment