Friday, May 10, 2013

तीन अमेरिकी युवतीलाइ अपहरण गरी एकै घरमा थुनेर १० बर्ष सम्म बलात्कार


तीन अमेरिकी युवतीलाइ अपहरण गरी एकै घरमा थुनेर १० बर्ष सम्म बलात्कार

वासिङटन, नौं बर्षदेखि सम्पर्कविहीन रहेका तीन अमेरिकी महिलालाई बर्षौं देखि एकै घरमा थुनेर बलात्कार गरिएको थाहा भएको छ । उनिहरूलाइ एकै घरबाट प्रहरीले फेला पारेको हो । अमेरिकाको ओहायो राज्यबाट १४, १६ र ३२ बर्ष उमेर समूहका तीन जना अमेरिकी महिला सन् २००४ को जनवरीदेखि सम्पर्कविहीन बनेका थिए । विभिन्न शहरका ती महिलालाई प्रहरीले अमेरिकाकै स्लेभल्याण्ड शहरको एक घरमा फेला पारेको हो ।

ती महिलालाई बन्धक बनाएको आरोपमा अपहरणकारी एरिअल क्यास्ट्रो पक्राउ परेका छन । सम्पर्कविहीन महिला मध्ये एक महिलाले सहयोगका लागि छिमेकीलाई गुहार्दा बेपत्ता महिला फेला परेका हुन् ।
अपहरणकारी बाहिर गएको मौका पारेर अपहरित महिला मध्ये एकजनाले ढोका नजिक आएर चिच्याउदा छिमेकिले ढोका फोडेर उनको मदत गरेका थिए ।

उनले आफु र अन्य २ जना महिला बिगत नौ बर्ष देखि सो घरमा बन्दी भएको जानकारी प्रहरीलाई रुद्दै बताएकी थिईन । उनको साथमा अपहरणकारीको सम्पर्क बाट जन्मिएको ६ बर्षिय बच्चा पनि रहेको छ । अमेरिका जस्तो राष्ट्रमा यस्तो कहालीलाग्दो घटना कसरी घट्यो भन्ने बिषयमा प्रश्न चिन्ह उठेका छन ।

अमान्दा बेरी सन २००३ को अप्रिल २१ तारिकका दिन हराएकी थिईन । जीना डे जेसुस सन २००४ को अप्रिल ४ मा र अर्की महिला मिचेल्ले नाईट सन २००२ अगष्ट २३ मा अपहरणमा परेकी थिईन । तत्काल प्रहरी प्रशासन र मिडियाको माध्यामवाट प्रसस्तै विज्ञापन गरेर खोजिए पनि उनीहरु फेला परेनन । सम्भवत मारिएको भन्नेमा धेरैको विश्वास थियो । तर अहिले भने उनीहरु एउटै घरमा फेला परे । अपरहरण मा पर्दा अमान्दा बेरी १६ बर्षकी थिईन अहिले उनको उमेर २७ बर्षको छ भने उनलाई राखिएको घरमा फेला परेकी एक ६ बर्षिय बालिका समेत उनको भएको बताईएको छ ।

जीना डे जीसुस १४ बर्षकी थिईन जतिवेला उनी स्कुलबाट आउदै गर्दा अपहरणमा परिन उनी अहिले २३ बर्षपुगेकी छन । यसरी नै अर्की अपहरीत महिला मिचेल्ले नाईट अपहरण ताका १८ देखि २० बर्ष भएको अनुमान गरिएको छ उनी अहिले ३२ बर्षकी छन । अमेरिकाको लारईन सडक बाट नै तिनै जना अपहरणमा परेका थिए तर समय र साल भने अलग थियो । क्लेभलेण्ड नामक घरमा उनीहरुलाई राखिएकोमा सोमबार साँझ अमान्दाको चिच्याहटबाट त्यहाँ छिमेकी एक मानिस गएर उनीहरुलाई राखिएको घरको ढोका तोडेका थिए । सो स्थानबाट मुक्त हुने वित्तिकै अमान्दाले फ्रन्टीक कलद्धारा पुलिसलाई खबर गरेकी थिईन ।

पुलिसले कल रेर्कड गरेको थियो , अमान्दाले भनेकी थिईन म आमान्दा बेरी हुँ । मलाई १० बर्ष पहिले अपहरण गरिएको थियो । अहिले म फ्रि भएको छु । यो उनको जानकारीले पुलिस तुरुन्तै सक्रिय भयो । ढोका फोर्ने छिमेकीले भने अमान्दा हुँ भन्दा पत्याएका थिएनन । उनले भनेका थिए उनी त मरिसकिन । अपहरण मुक्त भएका तिनैजनालाई शुरुमा नै अस्पताल लगेर मेडिकल जाँच गरिएको थियो । उनीहरुको स्वास्थ्य जाँच भने सन्तोस जनक रहेको बताईन्छ । यौन दासीका रुपमा यतिका बर्षपत्याउनै नसक्नेगरी बन्दक बनाईएका ती महिलाहरुको जीवनमा अनुसन्धान गर्न बाकी थुप्रै कुराहरु पनि त्यतिकै रोचक र दुःखद हुने अनुमान गरिएको छ ।

यस्तो आततायी क्रु अपराध गर्ने एउटै घरका तीन दाजुभाई हुन । उनीहरुलाई अहिलेकष्टडीमा लिएको छ । स्कुल बस चालक ५२ बर्षिय एरियल क्याष्ट्रो, ५४ बर्षिय पेड्रो, र ५० बर्षिय ओनील ती अपराधी हुन । अहिले उनीहरुको घर समेत शिलबन्धी गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
संसारकै समृद्ध मुलुकका मानव अधिकारको यो काहाली लाग्दो खबरले संसार चकित बनेको छ भने अहिले दुनियाभरका समाचार माध्यामहरुको खुराक बनेको छ यो अपहरण काण्ड ।

No comments:

Post a Comment