Thursday, May 9, 2013

गेष्टहाउसमा युवती राखी यौन व्यवसाय सञ्चालन गर्ने प्रहरी फन्दामा

गेष्टहाउसमा युवती राखी यौन व्यवसाय सञ्चालन गर्ने प्रहरी फन्दामा

पोखरा वैशाख २६ – प्रहरीले पोखराको बागलुङ बसपार्कस्थित माछापुच्छ्रे गेष्ट हाउसका सञ्चालक खेमराज बजगाईंलाई यौन ब्यवसाय सञ्चालन गराएको अभियोगमा पक्राउ गरेको छ ।एक पीडित महिलाले दिएको सुचनाको आधारमा कास्की प्रहरीले बजगाईंलाई पक्राउ गरेको हो ।

पीडित महिलाले बजगाईंले जवरजस्ती आफनो गेष्टहाउसमा राखी इच्छाविपरीत यौन व्यवसायमा लगाएको भन्ने उजुरीसमेत दिएकी छन् । उजुरीका आधारमा प्रहरीले बजगाईंलाई मानव वेखविखन कसूर अन्तर्गत अपराधमा मुद्धा दायर गरेको प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए । प्रहरीले पीडितको उद्धारसमेत गरेको छ ।

यसैबीच प्रहरीले बुधवार बेलुकी पोखरा- ७ सिमलचौरस्थित सिटी हर्ट रेष्टुरेन्टमा अनैतिक तथा अश्लिल क्रियाकलाप गर्ने दुईसहित रेष्टुरेन्ट सञ्चालकलाईसमेत पक्राउ गरेको छ

No comments:

Post a Comment