Tuesday, May 7, 2013

सन्नीले बेचिन् नांगा तस्वीर र भिडियो (भिडियो सहित

सन्नीले बेचिन् नांगा तस्वीर र भिडियो (भिडियो सहित) बलिउड अभिनेत्री तथा पोर्नस्टार सन्नी लियोनले आफ्ना केही एडल्ट तस्वीर तथा भिडियो लगायतका सामाग्री बेचेकी छिन् । भारतीय म्युजिक कम्पनी सारेगामाले सन्नीका तस्वीर लगायतको अधिकार खरीद गरेको हो । सन्नीका तस्वीर, भिडियो तथा उनीसँग सम्बन्धित विभिन्न रोचक जानकारीको अधिकार खरिद गरेको सारेगामाको भनाइ छ । अब उक्त कम्पनीले आफुले खरीद गरेका ती सामाग्रीहरु इन्टरनेट तथा मोबाइल एप्लिकेसनको माध्यमबाट मानिसहरुलाई उपलब्ध गराउनेछ । पूजा भट्टको फिल्म जिस्म टू बाट बलिउडमा समेत स्थान बनाएकी सन्नीले अहिले आएर आफ्ना पोर्न सामाग्री बेच्न राजी भइन् । तर यसअघि पूजाले उनका भित्री वस्त्र बिक्रि गर्न गरेको घोषणाप्रति भने असन्तुष्टि जनाएकी थिइन् । पूजाले जिस्म टू मा सन्नीले लगायतका ब्रा पेन्टी लगायतका भित्री कपडा लिलामीमा बेचेर त्यसबाट उठेको रकम सामाजिक काममा लगाउने बताएकी थिइन् तर सन्नीले त्यसमा चित्त बुझाइनन् । स्मरण रहोस् सन्नीले अगाडि देखिनै भारतमा एक एडल्ट वेब स्टोर खोलेर यौन सँग सम्बद्ध विभिन्न सामाग्रीहरु बेच्ने तयारी गरिरहेकी थिइन् । वास्तवमा सन्नीका तस्वीरहरु निकै हट मानिन्छन् । जिस्म टू का पोष्टरमा पनि सन्नीलाई निकै नै कामुक देखाइएको थियो र प्रशासनले अश्लील भएको भन्दै ती पोष्टर हटाउन आदेश दिएको थियो ।सन्नीले भने भारतीय समाजमा आफ्नो स्विकार्यता बढ्दै गएको दाबी गरेकी छिन् । तरपनि जिस्म टू प्रदर्शन भैरहेका बेला फिल्म हेर्न हलभित्र पसेकाहरुलाई बाहिर निकालेर पिटिएको थियो भने उनी विरुद्ध जयपुर तथा इलाहाबाद अदालतमा मुद्दा परेको छ । उनीमाथि भारतमा पोनोग्राफीलाई बढावा दिएको आरोप लाग्दै आएको छ । तर अब भारतमा सन्नी लियोनका सामाग्रीहरुको खुलमखुल्ला व्यापार हुने भएको छ सारेगामा कम्पनी मार्फत ।

No comments:

Post a Comment