Friday, May 10, 2013

महिलाहरु महिनावारीपछिका तीन दिन पूर्ण यौन आनन्दको चाहना राख्छन

 महिलाहरु महिनावारीपछिका तीन दिन पूर्ण यौन आनन्दको चाहना राख्छन

   
महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् ।

सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्दको अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ ।

No comments:

Post a Comment