१९
मंसिर, काठमाण्डौ । राष्ट्रपति डा. रामवरण यादवले अब पनि दलहरुवीच सहमति
नहुँदा वेइज्यत हुने भएकाले गम्भीर भएर छलफलमा जुट्न दलहरुलाई आग्रह
गर्नुभएको छ । प्रमुख दलका नेताहरुसंग शीतल निवासमा मंगलवार विहान भएको
छलफलमा राष्ट्रपति यादवले सहमतिका लागि आफुले दोस्रोपटक दिएको समयसीमा सकिन
दुई दिनमात्रै बाँकी रहेकाले समयभित्रैसहमतिजुटाउन आग्रह गर्नुभएको हो ।
खनालले छलफलमा आफूहरुले सहमतिका लागि छलफल भइरहेको जानकारी राष्ट्रपतिलाई गराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले सहमति नजुटेकोमा चिन्ता व्यक्त गर्नुभयो, हामीले छलफलमै छां भन्यौं ।’ सहमतिकै प्रयासस्वरुप तीनदल र मधेशी मोर्चाको बैठक बोलाएको खनालले जानकारी दिनुभयो । सहमति जुट्नेमा ढुक्क हुन आफूहरुले राष्ट्रपतिलाई आग्रह गरेको खनालले जानकारी दिनुभयो ।
मधेशी मोर्चाका संयोजकसमेत रहेका गृहमन्त्री विजयकुमार गच्छदारले दलहरुवीच प्याकेजमै सहमति हुने प्रतिक्रिया दिनुभयो । गच्छदारले भन्नुभयो,’हामी छलफलमै छौँ । सकेसम्म सहमतीय सरकार गठन, नयाँ निर्वाचन, संवैधानिक अंगमा नियुक्ति लगायतका विषयमा प्याकेजमै सहमति जुटाउछौँ ।’
सर्वोच्च अदालतका न्यायाधीशसहित संवैधानिक अंगका पदाधिकारी नियुक्तिबारे पनि छलफल भएको स्रोतले जनाएको छ । संसद नरहेका बेला दलहरुवीच सहमति नुहँदा सर्वोच्च अदालतमा समेत न्यायाधीशहरु खाली हुँदै गएको र अन्य संवैधानिक अंग पनि नेतृत्वबिहीन भएपछि राष्ट्रपतिले सहमतिका लागि दबाब दिन दलहरुलाई शीलत निवास बोलाउनु भएको थियो ।
छलफलमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल र मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदार सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपतिसागको छलफल पछि प्रमुख राजनीतिक दलहरु आजै नयाा बानेश्वरमा संयुक्त बैठकमा जुट्दैछन् ।
No comments:
Post a Comment