Monday, December 3, 2012

जंगलमा स्याउला लिन गएकाहरु बेलुका घर नफर्केपछि ! (तराईमा अपहरण शृंखला)

जंगलमा स्याउला लिन गएका निजगढ-८ का ५५ वषर्ीय इन्द्रलाल चौलागाईं र ५२ वषर्ीय भीमलाल श्रेष्ठ बेलुका घर फर्केनन् । घर नआएपछि परिवार चिन्तामा परे । रात नबित्दै अपहरणकारीले फोनबाट आफ्नो कब्जामा रहेको बताउँदै कुरा गर्न लगाए । फिरौतीको ‘बार्गेनिङ’ गर्न थाले । परिवारले मागअनुसार १० लाख फिरौती तिर्न सकेन । अपहरण भएको र फिरौतीबारे थाहा पाएपछि परिवार चिन्तामा छन् । छुटाउन प्रहरीमा हारगुहार गर्न थाले । दुई महिनादेखि अपहरित मुक्त नहुँदा परिवार बिचल्लीमा छन् । स्थानीयले चक्काजाम र जुलुस गरे । ‘बुवाको अपहरणले चिन्तित छौं,’ अपहरित चौलागाईंकी छोरी रमिलाले भनिन्, ‘हामीले कसैको बिगारेका थिएनौं, रिसइबी थिएन ।’ वकैया ठाकुर सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध अपहरित चौलागाईं र श्रेष्ठ खाना खाएर खोला किनारको जंगल गएका थिए । ‘यस क्षेत्रमा बर्सेनि हुने अपहरणले जनजीवन असुक्षित बन्दै गएको छ,’ शिक्षक हस्त लामाले भने, ‘संगठित अपहरणकारी गिरोह निस्तेज पार्न चासो नदिँदा समस्या बढेको हो ।’र्गेनिङ’ गर्न थाले । परिवारले मागअनुसार १० लाख फिरौती तिर्न सकेन । अपहरण भएको र फिरौतीबारे थाहा पाएपछि परिवार चिन्तामा छन् । छुटाउन प्रहरीमा हारगुहार गर्न थाले । दुई महिनादेखि अपहरित मुक्त नहुँदा परिवार बिचल्लीमा छन् । स्थानीयले चक्काजाम र जुलुस गरे । ‘बुवाको अपहरणले चिन्तित छौं,’ अपहरित चौलागाईंकी छोरी रमिलाले भनिन्, ‘हामीले कसैको बिगारेका थिएनौं, रिसइबी थिएन ।’ वकैया ठाकुर सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध अपहरित चौलागाईं र श्रेष्ठ खाना खाएर खोला किनारको जंगल गएका थिए । ‘यस क्षेत्रमा बर्सेनि हुने अपहरणले जनजीवन असुक्षित बन्दै गएको छ,’ शिक्षक हस्त लामाले भने, ‘संगठित अपहरणकारी गिरोह निस्तेज पार्न चासो नदिँदा समस्या बढेको हो ।’a

No comments:

Post a Comment