Monday, December 10, 2012

कतारमा एक नेपालीको मृत्यु

भोला थापा क्षेत्री, दोहार - गोर्खा मुच्चोक-९ का तुलबहादुर गुरुङको कतारमा मृत्यु भएको छ । गुरुङको हिजो कतारको रास्लाफानस्थित आफू काम गरेको स्थानबाट फर्कदै गर्दा मृत्यु भएको हो । गुरुङ गत ४ मार्च २०१२ का दिन काठमाडौँस्थित मेडिलिस्ट मेनपावरमार्फत कतार आएका थिए ।
कतारको एक प्रतिष्ठित कम्पनी डिकोन इन्जिनियरिङ (एलएलसी) कम्पनीमा हेल्परमा कार्यरत गुरुङ आफ्नो दैनिक कार्य सकेर कम्पनीको बसमा आउँदै गर्दा रिंगाटा लागेर बेहोस भएका थिए । बेहोस् भएपछि नजिकैको स्वाथ्यकेन्द्रमा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको सोही कम्पनीमा कार्यरत सुरज श्रेष्ठले जानकारी दिनुभयो हाल गुरुङको शवलाई कतारको हमाद अस्पतालमा राखिएको छ । उनलाई चाँडै नेपाल पठाउने तयारी गरिने कम्पनीले जनाएको छ । ३७ वर्षीय गुरुङको दुई श्रीमती र तीन छोरा–छोरी छन् । साथै गुरुङको घरयासी आर्थिकस्थिती पनि निकै कमजोर छ ।

No comments:

Post a Comment