अपराध र अपराधिक क्रियाकलापको आरोपमा पटक पटक प्रकाउ पर्दै आएका पूर्व युवराज पारस शाह थाइल्यान्डमा पुन पक्राउ परेका छन् ।
लागु औषध कारोबारको मुद्धामा संलग्न भएको आरोपमा एक महिनाका लागि सुधार गृह पठाइएका पारस पुन पक्राउ परेका हुन् ।
पारसले आफू बसेको फ्यालटमा तोडफोड गरेको उजुरीका आधारमा फेरी प्रकाउ परेका हुन् । होटल मालिकले दिएको उजुरीको आधारमा पारस पक्राउ परेका हुन् । होटल मालिकले पारसले कोठामा तोडफोड गर्दा ५६ लाख बढीको क्षति पुर्याएको उजुरी थाइप्रहरीसमक्ष दिएपछि उनी पुन पक्राउ परेका हुन् ।
पारसलाई एक महिना अघि थाइलन्डको फुकटे अदालतले लागुऔषध मुद्धामा दोषी ठहर गर्दै एक महिनाका लागि सुधार गृहमा राख्न आदेश दिएको थियो ।
अदालतले दिएको आदेश बमोजिम पारस सुधार गृह स्वास्थ्यको कारण देखाउँदै गएका थिएनन् । थाइल्यन्डका सञ्चार माध्यमका अनुसार पारसले सुधार गृहमा स्वास्थ्यको कारण देखाउँदै नबसेपछि उनलाई विमानबाट बैंकक पठाइएको छ ।
स्वदेशमा रहदा अथवा विदेशमा बस्दा जहाँ पनि पारसको चर्चा नकारात्मक क्रियाकलापबाट नै हुँदै आएको छ ।
पारसले कात्तिक ७ गते फुकेटको एक होटलमा झगडा चर्काएपछि होटल सञ्चालकले प्रहरी समक्ष उजुरी दिएको थियो । प्रहरीले पारस बसेको ठाउँमा छापा मार्दा पारस र एक थाई महिला भेटिएका थिए ।
साथै उक्त कोठाबाट प्रहरीले ३ दशमलव ४ ग्राम सुकेको गाँजा समेत बरामद गरेको थियो ।
Wednesday, December 5, 2012
पूर्व युवराज पारस थाइल्यान्डमा पुन पक्राउ

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment