मेस्सीले
सन् २०१२ मा अजेन्टिना र बार्सिलोनाका लागि ८४ गोल गरिसकेका छन् र
सर्वाधिक गोलको विश्व कीर्तिमान बनाउन अब २ गोल मात्र आवश्यक छ । गर्ड
मुलरले सन् १९७२ मा ८५ गोल गर्दै कीर्तिमाबनाएक|थिए ।
बल अघि बढाउने क्रममा बेन्फिकाका रक्षकसँग
जुध्न पुगेका मेस्सीको देब्रे घुडामा चोट लागेको छ । चेटपछि उनी ८४ औं
मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनी दोस्रो हापमा बैकल्पिक खेलाडीका
रुपमा मैदान प्रवेश गरेका थिए ।
चेटपछि मेस्सी आइतबार ला लिगामा रियल
बाटिसविरुद्धको खेलमा मैदान उत्रनेमा आशंका छ । बार्सिलोनाले मेस्सी खेल्ने
नखेल्ने उनको स्वास्थ्यमा आउने सुधारमा भर पर्ने बताएको छ ।
यस वर्ष अब बार्सिलोनाले ४ खेल खेल्न
बाँकी छ । ला लिगामा रियल बाटिसँगै एथ्लेटिको मड्रिड र रायो भलकानोसँग र
कोपा डेल रे कपमा कोर्डोवासँग खेल्न बाँकी छ ।

No comments:
Post a Comment