Wednesday, December 5, 2012

‘चार सेकेन्ड किस’ र ‘वागवान’को पक्षमा सेन्सरबोर्ड

चलचित्र सेन्सर बोर्डमा नयाँ अध्यक्ष आएसँगै सिनेमा क्षेत्रमा एक प्रकारको त्रास फैलिएको छ । नेपाली चलचित्रमा चुम्बन र बेड सिनलाई सामान्य मान्दै गएपनि नव अध्यक्ष भने यसको पक्षमा छैनन् । सिनेमालाई प्रदर्शनको अनुमति दिने या नदिने निर्णय सेन्सर बोर्डको हुने भएकाले पनि चलचित्रकर्मीले सामान्य आवाज उठाउनुभन्दा अन्य केही कदम चाल्न सक्ने सम्भावना छैन ।चलचित्र सेन्सरबोर्डका नवनियुक्त अध्यक्ष नारायणप्रसाद सञ्जेलको नीति छ, ४ सेकेन्ड लामो किस, ४ सेकेन्ड लामो वेड सीन । सिनेमाभित्र योभन्दा लामो दृश्य राखेमा बोर्डले कैंची चलाउने पक्का छ । यसको शिकार चलचित्र थ्री लभर्स भैसकेको छ । थ्री लभर्समा ४ सेकेन्ड लामो किस सिन र ४ सेकेन्ड लामो वेडसिनमात्र राख्न सेन्सर बोर्डले आदेश दिएको छ ।
यतिमात्र होइन, चलचित्र सेन्सर गर्न पुगेका केही निर्माता भन्छन्, नवनियुक्त अध्यक्षलाई हिन्दी चलचित्र वागवानजस्तो नेपाली चलचित्र चाहिँदो रहेछ । बोर्डका अध्यक्ष सञ्जेल नेपाली सिनेमा वागवानजस्तो बन्नु पर्ने भनाइ राख्छन्, एक चलचित्रकर्मीले अनलाइनखबरसँग भने । हिन्दी चलचित्र बागवान विशुद्ध पारिवारिक चलचित्र थियो ।
सेन्सर बोर्डले सामान्य दृश्यमा समेत कैंची चलाउन थालेपछि चलचित्रकर्मीहरुमा एकप्रकारको त्रास फैलिएको छ । पछिल्ला धेरैजसो नेपाली सिनेमाभित्र चुम्बन र बेडसिनका दृश्यहरु समावेश गरिएका छन् । तर, सेन्सर बोर्ड यस्ता दृश्यलाई पास नगर्ने पक्षमा रहेको वुझिन्छ ।

No comments:

Post a Comment