Monday, December 3, 2012

धादिङमा अर्को हत्या, देशैभर सुरक्षा सतर्कता बढाइयो

१९ मंसिर, धादिङ । एकीकृत माओवादीका धादिङ जिल्ला सदस्य विजय तामाङको हत्या भएको १२ घण्टा नवित्दै  पूर्व एमाओवादी कार्यकर्ताको हत्या भएको छ । धादिङको दार्खाको रातमाटेमा पूर्व एमाओवादी कार्यकर्ता ३० बर्षीय भीषण सिंखडाको गएराति हत्या भएको हो ।
सिंखडालाई अज्ञात समूहले गएराति घरवाट अपहरण गरी गएराति नै हत्या गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिम्खडाको शव हात खुट्टा बाँधेको अवस्थामा फेला परेको छ । घटनावारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यसअघि सोमवार विहानमात्रै माओवादीका जिल्ला सदस्य विजय तामाङको गुम्दी गाविसको सातदोवाटेमा गोली हानी हत्या भएको थियो । दुई दिन नबित्दै दुईजना राजनीतिक कार्यकर्ताको हत्या भएपछि सरकारले देशैभरि सुरक्षा सर्तकर्ता बढाएको छ । धादिङको घटना राजनीतिक प्रेरित हुनसक्ने भन्दै यसरी सुरक्षा सतर्कता बढाइएको बुझिएको छ ।

No comments:

Post a Comment