। सार्वजनिक मुद्दा लगाएर जेल चलान गरिएका कुँवरको धरौटी रकम प्रचण्डका तर्फबाट सहयोगी शिव खकुरेलले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा जम्मा गराएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मासमक्ष थप्पडवापतको २८ हजार धरौटी बुझाइएको हो । कुँवरलाई छुटाउन देशभित्र र बाहिर रहेका थुप्रैं नेपाली तयार भएको खबर सार्वजनिक भएपछि धरौटी तिरिदिन प्रचण्ड आफै अघि सरेका थिए ।शुभचिनतकहरुले खोजेको पैसासहित सीडीओ कार्यालय पुगेका पदमका भिनाजुले प्रचण्डले दिएको धरौटी नस्वीकार्ने भन्दै आफैले पैसा बुझाउन खोज्दा प्रशासनले रकम जम्मा भइसकेकाले तिर्नु नपर्ने जवाफ दिएका थिए ।
पदमले भने प्रक्रियाबारे आफू अनभिज्ञ रहेको भन्दै प्रचण्डले नै धरौटी रकम तिरिदिएको भए धन्यवाद छ भने ।
सीडीओ कार्यालयमा धरौटी बुझाएपछि कुँवरलाई काठमाडौं जिल्ला प्रहरी परिसर हनुमानढोकाबाट छाडिएको थियो । त्यहाँ पदमलाई छुट्न आवश्यकपर्ने धरौटीवापतको रकम दिएर सहयोग गर्न थुप्रैं व्यक्तिहरु पुगेका थिए ।
हनुमानढोकाबाट छुटेलगत्तै उनलाई नेकपा–माओवादीले नयाँबजारस्थित जुडो हलमा लगेर स्वागत समेत गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले मागेको २८ हजार धरौटी रकम बुझाउन नसक्दा कुँवरलाई हिजो केन्द्रीय कारागार सुन्धारा लगिएको थियो ।
गत मंसिर १ गते एकीकृत माओवादीले आयोजना गरेको चियापानमा अध्यक्ष प्रचण्डलाई थप्पड हानेपछि कुँवरमाथि सार्वजनिक मुद्दा लगाइएको थियो । प्रचण्डले कुँवरलाई माफी दिएको सार्वजनिक भाषण गरे पनि माओवादी नेतृत्वको सरकारले भने हिजो जेल पठाएको थियो ।
कुँवरका भिनाजु भारतीले धरौटी बुझाउन आफूहरुसँग रकम नभएको जनाएपछि धरौटी राखिदिन हिजैदेखि विभिन्न व्यक्ति अगाडि सरेका थिए । घटनाबारे छानविन गर्न बनेको समितिले कुँवरको परिवार शुरुदेखि नै माओवादी जनयुद्धमा सामेल भएपनि पछिल्ला दिनमा माओवादीको ब्यवहारप्रति वितृष्णा आएर पदमले प्रचण्डलाई थप्पड हानेको निष्कर्ष निकालेको थियो ।
<iframe width="560" height="315" src="http://www.youtube.com/embed/EUIgkYy4iTY" frameborder="0" allowfullscreen></iframe>
No comments:
Post a Comment