केहीदिन अघिसम्म राजनीतिक विषयमा हस्तक्षेप गर्न आव्हान गर्दै आएका राजनीतिक दलका नेताहरुले अव राष्ट्रपतिलाई ठेक्कापट्टामा पनि हात हाल्न आग्रह गर्न थालेका छन् । त्रिशूली थ्री ‘ए’ र थर्मल प्लान्ट खरिद गर्ने सरकारी निर्णयमा हस्तक्षेप गर्न भन्दै पूर्व अर्थ र जलस्रोतमन्त्रीको टोली मंगलबार राष्ट्रपति निवास पुगेको थियो ।काँग्रेस एमाले र राष्ट्रिय जनशक्ति पार्टीमा आवद्ध पूर्व अर्थ, जलस्रोत तथा उर्जामन्त्रीहरु शीतलनिवास गएर राष्ट्रपतिलाई ‘थर्मल प्लान्ट खरिद प्रक्रिया र माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको क्षमता बढाउने प्रक्रियालाई रोकिदिनुपर्यो,’ भनेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
No comments:
Post a Comment